Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लक्षण देखिएपछि अस्पताल भर्ना भएकी महिलालाई कोरोना पुष्टि

  • १ भाद्र २०७७, सोमबार १०:३४

१ भदौ, बागलुङ । कोरोना संक्रमणको आशंकामा धौलागिरी अस्पताल बागलुङमा भर्ना भएकी एक महिलालाई संक्रमण पुष्टि भएको छ ।

साउन ३० गते कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी बागलुङ नगरपालिका–३ हाडेपाखामा व्यवसाय गरेर बस्ने २३ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो । डा. पोखरेलले रुघा, खोकी लागेपछि अस्पताल पुगेकी उनलाई कोरोना आशंकामा आइसोलेसनमा भर्ना गरि स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

कुनै ट्राभल हिस्ट्री नभएकी र संक्रमितको सम्पर्कमा नआएकी उनलाई कहाँबाट भाइरस सर्यो भन्ने बारेमा पत्ता नभएको अस्पतालले जनाएको छ । डा. पोखरेलले संक्रमित महिला व्यवसायी भएको र स्वास्थ्यमा समस्या देखिएपछि केहि स्वास्थ्य क्लिनिकमा उपचार गराएको र निको नभएपछि अस्पताल आएकोले आफ्नै व्यवसायबाट वा स्वास्थ्य क्लिनिकबाट संक्रमण सर्योकी भन्ने आशंका गरिएको बताउनुभयो ।

संक्रमित महिला एक छोरा, एक छोरी र उनका भाइसहित बस्दै आएकी थिइन । अहिले उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । प्रमुख खनालले संक्रमित महिलाले उपचार गराएको क्लिनिक सहित उनको सम्पर्कमा आएका २० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह राखिएको बताउनुभयो । उनीहरुको ५ दिनपछि स्वाब परीक्षण गरिने प्रमुख खनालले बताउनुभयो ।

प्रमुख खनालले संक्रमित महिला स्थानिय भएको र संक्रमितको सम्पर्कमा नआएकोले समुदायमा संक्रमण पुगिसकेको बताउनुभयो । उहाँले त्रसित नभई सजकता अपनाउन आग्रह गर्नुभयो । प्रमुख खनालले विना काम बजारमा हिड्डुल नगर्न र जानै परे मास्क लगाइ सेनिटाइजरको प्रयोग गर्न अनुरोध गर्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki