Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

संघीय नेपालमा शिक्षाबाट नेपाली समाजले गरेका अपेक्षाहरू

bk logo final png
  • बागलुङखबर
  • १ फाल्गुन २०८१, बिहीबार १३:३०

डा. नन्दबहादुर खत्री

शिक्षा विकासको लागि सबैभन्दा उत्तम र बलियो हतियार हो । शिक्षाबाट समाजले धेरै अपेक्षाहरू गरेको हुन्छ । समाजलाई के कस्तो संरचनामा लैजाने र त्यस्ता संरचनाबाट के कस्ता उपलब्धि गर्न सकिन्छ भनेर मिहिन रुपमा तुलनात्मक अध्ययन गर्ने कार्य पनि शिक्षाको हो ।

विकिपिडियाका अनुसार नेपालको शिक्षा प्रणाली भारतीय शिक्षा प्रणालीमा आधारित गरिएको छ । जुन पुरानो ब्रिटिस राजाको विरासत हो । नेपाली विशुद्ध मौलिक परम्परामा आधारित शिक्षा हुनुको सट्टा विदेशीलाई रिजाउने र शासक वर्गको स्वार्थमा प्रयोग हुने खालको शैक्षिक पद्धति हुनु नेपाली समाजको सबैभन्दा ठूलो विडम्बना हो ।

नेपालको शैक्षिक इतिहास धेरै लामो त छैन । वि.स. २००४ सालदेखि मात्रै सर्वसाधारण वर्गका लागि विद्यालयहरू खोलिएका हुन् । वि.स.२००७ सालको क्रान्तिपछि मात्रै जनताको पहुँचमा शिक्षा पुगेको हो । वि.स. २०२८ को नयाँ शिक्षा ऐन जारी भएदेखि मात्रै शिक्षा झाङ्गिएको हो । शासक वर्गले आफ्नो स्वार्थमा शिक्षालाई प्रयोग गर्दा त्यहाँबाट शिक्षाले अपेक्षित गरिएका कार्यहरू पूरा गर्न नसकेको अवस्था सिर्जना हुन जान्छ । अहिले पनि शिक्षा वैदेशिक सहायता अन्तर्गत विश्वबैक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकको त्रिपन्न भित्र रहेको छ ।

समय निरन्तर गतिशील छ । यसको बेगलाई रोक्ने कसैसँग तागत छैन । बरु यसको गतिशीलताले समाजमा विनाश र विकासको सम्भावना उत्पन्न गराउँछ । शिक्षा गतिशील हुनुको प्रमुख कारण मानव चेतना हो । अहिलेको एक्काइसौं शताब्दीको समय उच्च चेतनाको शताब्दी बनेर आएको छ । अर्काेतर्फ हेर्दा एक्काइसौं शताब्दी भौतिकवादी चिन्तनमा केन्द्रित युगका रुपमा देखिदै गइरहेको छ । यसरी शिक्षाले एक समाजविशेष वा देशविशेषमा मात्रै नभई विश्वजगतमा भौतिक समृद्धि, विज्ञान प्रविधि, मानव अधिकार, विश्वव्यापी कारण आदिलाई समेट्नु पर्दछ, भने अर्कोतर्फ मानव विनाश, वातावरणीय असन्तुलन, जलवायु परिवर्तन, जैविक संकट, दिगो विकासमा संकट, अशिक्षा र बेरोजगारी जस्ता समस्याहरुलाई समाधान गर्ने ल्याकत शिक्षाले राख्नुपर्दछ ।

नेपालमा वर्तमान शिक्षा प्रणाली विगत र वर्तमान

शिक्षाको पहिलो कार्य शिक्षामार्फत व्यक्तिको विकासमा सहयोग पुर्याउनु हो । त्यसलाई क्रमश परिवार, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गरी विश्वलाई सभ्य बनाउनु हो ।

नेपालले पनि विश्व परिवेशसँग आफूलाई उभ्याउनका लागि भनेर विभिन्न कालखण्डमा शैक्षिक नीतिलाई परिमार्जित गर्दै आइरहेको छ । जङ्गबहादुर राणाको पालादेखि हालसम्म शिक्षालाई शासकहरूको वरिपरि हुने गरी प्रयोग गर्दै आइरहेको छ । तुलनात्मक रुपमा नयाँ शिक्षा ऐन २०२८ पछि शिक्षा क्षेत्रमा सुधार भएको पाइन्छ ।

वर्तमान नेपालको संघीय प्रणाली स्थापना भएसँगै संघ, प्रदेश र स्थानीय तहसम्म शिक्षालाई अधिकार दिएर कार्यहरु पनि व्यवस्था गरेको छ । संघीयताको पूर्ण अभ्यास भईनसकेको कारण संघीयतामा शिक्षाले दिने प्रतिफल हेर्न बाँकी नै छ । अहिलेको एक प्रमुख जिम्मेवारी भनेको शिक्षालाई नीतिगत व्यवस्था अनुरूप अधिकार प्रदान गर्नुपर्ने देखिन्छ ।

शिक्षाबाट गरिएका अपेक्षाहरू
अशिक्षा र गरिबी न्यूनीकरण
नेपालको वर्तमान शिक्षा प्रणालीबाट सबैभन्दा बढी अपेक्षा गरिएका विषय नेपालको अशिक्षा र गरिबी न्यूनीकरण गर्नु हो । शिक्षाको नाममा केवल योग्यता बढाउने कार्य यस शैक्षिक प्रणालीबाट प्राप्त भइरहेको र नेपाली जनताबाट सबैभन्दा बढी आशा गरिएको भनेको व्यक्तिले व्यवहारिक शिक्षा मार्फत गरिबीलाई न्यूनीकरण गर्नु हो ।

आत्मनिर्भर र स्वदेशी निर्णय

अहिलेको शिक्षाले परनिर्भरतालाई नै मलजल गरेको देखिन्छ । दैनिक रुपमा हजारौं सङ्ख्यामा विदेशिने युवाहरूको लर्को छ । स्वदेशमा बस्ने युवा युवतीमा पनि आत्मनिर्भरतामा जोड दिने गरेको पाइँदैन । स्वदेशमा नै रहने नेपाली माटोलाई सुहाउने खालको शैक्षिक पद्धतिको व्यवस्था गर्न सकेमा नेपालले अपेक्षा गरेको शिक्षा पाउने कुरामा दुई मत रहँदैन ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यवस्था

प्रजातन्त्रको उदयपछि वि.स.२०१० सालमा गठित नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले शिक्षालाई प्रजातान्त्रिक चेतनाको विकाससँग राष्ट्रिय विकास र आर्थिक निर्माणमा केन्द्रित गर्न खोजेको देखिन्छ । त्यसले शिक्षालाई व्यावसायिक, प्राविधिक, उच्च सांस्कृतिक गरी प्रचार गर्ने आधुनिक विश्वको सम्पन्नता र संस्कृतिको परिचय दिने र मानवीय व्यक्तित्वको सिर्जनात्मक र बौद्धिक विकासलाई अभिप्रेरित गर्ने मूल हतियारको रुपमा लिएको थियो । त्यो माग अहिले पनि जस्ताको तस्तै रहेको छ ।

निष्कर्ष

देशको समग्र विकासका लागि जसरी राजनैतिक प्रतिबद्धताको खाँचो पर्दछ । त्यसैगरी गुणस्तरीय शिक्षाको आवश्यकता पर्दछ । शिक्षाको विकास बिना न त आर्थिक प्रगति गर्न सकिन्छ न त सामाजिक परिवर्तन गर्न सकिन्छ । प्राज्ञिक उन्नतिले नै देश विकासको सही बाटो निर्धारण गर्दछ । एक्काइसौँ शताब्दीका सबैजसो चुनौतीहरूको समाधान गर्दछ । राजनैतिक इमान्दारीको ठूलो खाँचो रहन्छ । दीर्घकालीन योजना र सो बमोजिमको सोच राख्न सके शिक्षाबाट उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । बौद्धिक जमातले बलियो खम्बाको काम गर्न सके राजनैतिक लगायत सबै समस्याको समाधान गर्न सहज हुन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki