Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

bk logo final png
  • बागलुङ खबर
  • २९ पुष २०८१, सोमबार ०६:०८
दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको ट्रफी

बागलुङ, २९ पुष । बागलुङ एकता क्लबको आयोजनामा सोमबारबाट हुने दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

आईतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा र क्लबका अध्यक्ष इन्सान थापाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

सोमबारदेखि संचालन हुने प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष थापाले बताउनुभयो । बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताका नकआउट चरणमा खेलाइने बताइएको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् । ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको आयोजकले सहयोगी संस्था र व्यक्ति मार्फत ६ लाख रुपैयाँ सहयोग संकलन भइसकेको जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले खेलकुदले खेलाडीलाई प्रतिस्पर्धा र अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेल आयोजना गर्नु चुनौती रहेको बताउँदै क्लबले आफ्ना पूर्व सदस्यहरुको सम्झनामा प्रतियोगिता गरेर युवाहरुलाई खेलमा लाग्न सन्देश दिएको बताउनुभयो ।

सोमबार उद्घाटन खेलसहित दुई खेल हुने क्लबले जनाएको छ । उद्घाटन खेल आयोजक बागलुङ एकता क्लब र श्री मेयर गण बिच हुनेछ भने दोस्रो खेल नारायण दल गण र खेलकुद विकास समिति बा.न.पा.–६ को बिच हुनेछ ।

क्लबका अध्यक्ष इन्सान थापाको अध्यक्षतामा सम्पन्न भएको ट्रफी सार्वजनिक कार्यक्रमको संचालन पत्रकार रोहन जि.सी.ले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki