Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आईफोन पचाउन साथीको हत्या

bk logo final png
  • बागलुङखबर
  • १० श्रावण २०८३, आईतवार ११:५५

बागलुङ ,१० साउन । बागलुङमा आईफोन पचाउनका लागि साथी हत्या गरेको खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–१ का आठ दिनदेखि बेपत्ता रहेका लजिन थापा साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थिए । त्यसयता सम्पर्कविहीन रहेका उनी शनिबार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चार जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धानका क्रममा साथीको आईफोन पचाउनका लागि हत्या गरिएको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातिले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड–१ का २० वर्षीय रेमबहादुर विक, सोही ठाउँका १९ वर्षीय सुदिप विक, १६ वर्षीय अशिम वन र १५ वर्षीय ददि परियारलाई पक्राउ गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको मुख्य कारण लजिनसँग रहेको आईफोन रहेको देखिएको छ । काठमाडौंबाट घर आएपछि लजिनले प्रयोग गरिरहेको आईफोनप्रति पक्राउ परेका साथीहरूको चासो बढेको र पटक–पटक फोन माग्दा नदिएपछि लुट्ने योजना बनाएको अनुसन्धानबाट खुलेको एसपि प्रसाईले जानकारी दिनुभयो । उहाँले जन्मदिन मनाएर फर्किने क्रममा एकान्त स्थानमा पुगेपछि योजनाअनुसार आक्रमण गरी हत्या गरिएको र घटनालाई लुकाउन शव खोल्सासम्म पु¥याएर फालिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो ।

लजिनको शव साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ स्थित मनेखोलाको खोल्सामा फेला परेको छ । ड्रोन क्यामेराको प्रयोग गरेर गरिएको खोजीका क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा राखिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki