Skip to content

follow us

baglungkhabar.tv

21st June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

bk logo final png
  • बागलुङखबर
  • १ असार २०८३, सोमबार २०:५४

बागलुङ, १ असार । पत्रकार खेमराज गौतम (सुवास)लाई काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले समाचारको विषयलाई लिएर धम्की  प्रती नेपाल पत्रकार महासंघ बागलुङले ध्यानाकर्षण गरेको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आदर्शसञ्चार डटकमका सम्पादक तथा महासंघका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’लाई काठेखोला गाउँपालिकाका अध्यक्ष थापाले दिएको भनिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै मिति २०८३ जेठ २८ गते आदर्शसञ्चार डटकममा प्रकाशित ‘काठेखोलाको वेथिति :आफ्नो डोजर थन्काएर भाडाका डोजर रजाइँ’ शीर्षकको समाचारका विषयमा अध्यक्ष थापाले सम्पादक गौतमलाई टेलिफोन र मोबाइल सन्देश मार्फत अस्वाभाविक दबाब तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको जनाएको हो ।

सम्पादक गौतमले महासंघमा बुझाएको निवेदनका आधारमा विज्ञप्ति जारी गर्दै महासंघले उक्त घटनाबाट स्वतन्त्र प्रेसको अधिकारमाथि गम्भीर खलल पुगेको ठहर गरेको पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले जानकारी दिनुभयो । समाचारप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई धाकधम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासंघको भनाइ छ ।

महासंघले पत्रकारको पेशागत तथा भौतिक सुरक्षामाथि प्रश्न उठ्ने गरी भएको घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेको छ । प्रेस विज्ञप्तिमार्फत महासंघले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न तथा सञ्चारकर्मीमाथि हुने दबाब र धम्कीका घटनाप्रति संवेदनशील बन्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki