Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वालिङको शिक्षा क्षेत्र निरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा

bk logo final png
  • बागलुङखबर
  • ११ कार्तिक २०८१, आईतवार ११:४४

स्याङ्जा–११ कात्तिक । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ ।

शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको विषय सेलाउन नपाउँदै गैहकानुनी हिसावले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुनविवादित बन्न पुगेको छ ।जनताको घरदैलोको सरकारको रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ ।

शिक्षक सरुवा गैह्रकानुनी
घटना २०८१ असोज १३ गतेको हो । वालिङ नगरपालिका ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षकअर्जुन पोख्रेल र रणविर जनहित माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवा गैह्रकानुनी भन्दै विवादित बनेको छ ।

वालिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख र रणविर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीको मिलेमोतोमा गरिएको सरुवा विवाद अहिले वालिङमा मात्र नभइ शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभाग सम्म पुगेको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणविरका प्रअ लक्ष्मी प्रसाद रेग्मी वालिङ नगर शिक्षा समितीका सदस्य समेत हुन् । आफू अनुकुलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन ग्राण्ड डिजाईन गरेका रेग्मीले शिक्षा शाखा प्रमुख काफ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितीका वहुमत सदस्यलाई हस्ताक्षर गराएका थिए । समितीको वैठक नबसी हस्ताक्षर गर्न लगाएको शिक्षा समितीका एक सदस्यले स्वीकार गर्दै,आफूहरुलाई पूर्णरुपमा प्रकृया मिलेको भन्दै हस्ताक्षर गर्न वाध्य पारिएको वताएका छन् । दुवै विद्यालयको सहमतीमा सरुवा भएको भनेर हामीलाई फसाईयो उनले टेलिफोन सम्वादमा भने ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन् । वालिङमा गरिएको यो सरुवा शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार गरिएको भनिएपनि निर्देशिकामा उल्लेख गरिएका कुनै प्रकृया अवलम्वन गरिएको छैन् । निर्देशिकामा दरवन्दी मिलानगर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । दरवन्दी मिलान शैक्षिक सत्र सुरु हुनभन्दाअगावै वा सुरु हुनासाथ पालिकाभर एक साथ गर्नुपर्ने उल्लेख गरेको छ । व्यक्ति मिलान सरुवालाई दरवन्दी मिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानुनी सरुवाको आरोप लगाइएको हो ।

उक्त सरुवामा रणविरको व्यवस्थापन समितीको सहमती नगरी सरुवा गरिएको थियो भने महेन्द्र मा.वि मा चाडवाडमा प्रअ रिक्त हुँदा तलव खुवाउन नसकिएको विशेष परिस्थिती भन्दै सरुवा गरिएको शिक्षाशाखाले जनाएको छ ।

कानुन विपरितको सरुवामा व्यवस्थापन समितीको अंकुश
रणविर जनहितमा.वि.का शिक्षक लम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाँउमा ल्याइएका रेग्मी अनुकुलका पोख्रेललाई हाजिर नगराउन रणविरका ६ जना व्यवस्थापन समितीका सदस्यहरुले नगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

शिक्षक सरुवा सम्वन्धी निर्देशिका २०८१ मा गलत कागजात पेश गरी वा सरुवाप्रति गुनासो आएमा सम्वन्धित अधिकारी समक्ष सरुवा बदर गर्न निवेदन दिन सकिने र ७ दिन भित्र निवेदन उपर कारवाहि गर्ने प्रावधान समेत उल्लेख गरेको छ ।

नगरपालिकामा विचौलिया हावी
स्थानीय सरकार सन्चालनमा कानुन विपरित काम गर्न गराउन विचौलिया सधै हावी भएका छन् । वालिङ नगरपालिकाको पछिल्लो विवादित सरुवामा पनि शिक्षक संघ र संगठनका नाममा समितीमा पुगेकाले ऐन र कानुनको गलत व्याख्या गरेका कारण सरुवा विवादित वन्न पुगेको स्प्रष्ट देखिन्छ ।

नगरपालिकाभित्र शिक्षक नियुक्ती र सरुवामा यिनै संघ र संगठन सधै विचौलियाका रुपमा हावी हुने गर्द शैक्षिक क्षेत्र सधै विवादमाआइरहेको छ । वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण यो विवादित सरुवा वदर गर्न तयार हुँदा शिक्षाशाखा प्रमुख र तिनै शिक्षक संघ र संगठनवाट अवरोध आएको कार्यालय स्रोतको दावी छ ।

शिक्षकलाई राजनैतिक दलको सदस्यतालिन समेत कानुनी बन्देज रहेको अवस्थामा वालिङमा भने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि र नेकपा ऐमालेको जिल्ला सचिवालय सदस्य नगर शिक्षा समितीमा रहनुले शिक्षा क्षेत्र राजनैतिक चंगुलवाट उठ्न नसकेको नगरवासीको आरोप रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki