Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गीतहरूको बाहुल्य

  • ११ आश्विन २०७५, बिहीबार १५:३४

काठमाडौँ — गायक हेमन्त शर्माका अनुसार संगीत क्षेत्रमा अहिले ‘अन्डरग्राउन्ड म्युजिसियन’ हाबी भइरहेका छन् । मूलधारमा नआईकनै तिनले आफूलाई स्थापित गराइरहेका छन् ।
स्वप्न सुमन, वर्तिका राईजस्ता गायकगायिकाको उदाहरण दिँदै उनले भने, ‘अहिले कला हुनेले कसैलाई खुसी पारिरहनुपर्दैन । उनीहरू युटयुबमार्फत नै परिचित बन्न सक्छन् ।’

युटयुबको तागतबारे जानकार भएपछि गायक शर्मा पनि यसको उपयोग गर्न थालेका छन् । उनले पछिल्लो समय यही प्लेटफर्मबाट आफ्ना म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन् । यसै साता ‘बरिखा आउन्या…’ गीत भिडियोसहित अपलोड गरेका छन् । उक्त भिडियो आइतबार दिनभर ट्ेरन्डिङको पहिलो नम्बरमा पर्‍यो । ‘पाँच सात वर्षपछि मेरो गीत यसरी लोकप्रिय हुँदै छ,’ उनले भने, ‘सुदूरपश्चिमेली शब्दमा पहिलो पटक गाएको हुँ ।’

आइतबारको ट्ेरन्डिङ सूची संगीतमय देखियो । दोस्रो, चौथो र पाँचौं स्थानमा पनि गीतसम्बन्धी कन्टेन्ट नै थिए । तेस्रो नम्बरमा तामिल एक्सन फिल्म ‘स्केच’ थियो । हिन्दीमा डब गरिएको फिल्म हेरेर कतिपय नेपाली दर्शकले युटयुबमा कमेन्ट लेख्न पनि भ्याएको देखियो । विजय चन्दरको लेखन/निर्देशनमा अभिनेता विक्रम र अभिनेत्री तमन्नासँगै सुरी, विश्वनाथ, आरके सुरेश लगायतको मुख्य भूमिका छ ।

ट्ेरन्डिङको दोस्रो नम्बरमा ‘लाइछौ बेसन, चिन्न’नि नसक्ने आइछ फेसन…’ गीतको नयाँ भर्सन थियो । नारायण रायमाझी, मेलिना राई र बीबी अनुरागीको स्वर रहेको गीतमा यसअघि सिन्धु मल्लले स्वर दिएकी थिइन् । पहिले कुन्दन राईले अरेन्जमेन्ट गरेकोमा यसपालि तेजेन्द्र गुरुङले संयोजन गरेका छन् ।

गीतको भिडियोमा हिपहप र लोकनृत्यको फयुजन देख्न सकिन्छ । रमेश बीजीको गीतमा गायक रायमाझीकै संगीत समाविष्ट छ । निकै अघि बनाएको गीत भए पनि यसको सान्दर्भिकता कायमै रहेको ठानी नयाँ भर्सन तयार पारेको रायमाझीले कान्तिपुरलाई बताए ।

‘त्यो बेला युवाहरूको फेसनलाई व्यंग्य गर्दै यो गीत बनाएका थियौं,’ उनले भने, ‘अहिले पनि व्यंग्य सान्दर्भिक हुन्छ । गीतलाई पुनर्ताजगी दिऊँ भनेर यस्तो गरिएको हो ।’ पहिलेको अडियो र भिडियो दुवै अस्पष्ट भएकाले नयाँ प्रविधिबाट राम्रो बनाइएको उनले बताए । उनी आफ्ना अन्य गीतलाई पनि रि–रेकर्ड गराउने तरखरमा छन् ।

मंसिरमा रिलिज हुने भनिएको फिल्म ‘प्रसाद’ को गीत ‘नि लै लै…’ ट्ेरन्डिङको चौथो नम्बरमा छँदा यसमा ६ लाख भ्युज थियो । गणेश शाहीको रचना र सुवास भुसालको संगीतमा केतन क्षत्रीले गाएको गीत ‘हार्ट टचिङ’ रहेको तुलसीराम खरेलको प्रतिक्रिया छ । उनी लेख्छन्, ‘ट्रेन्डिङ एकमा नआएसम्म हेरेको हेर्‍यै गर्ने हो ।’ गीतले आफूलाई भावुक बनाएको भन्ने खालका फिडब्याक धेरै आएका छन् । ‘यति धेरै मन छुने गीत पहिलो पटक सुन्दै छु’, चक्रपाणि दाहालको प्रतिक्रिया, ‘मेरै परिवेश, मेरै शब्दहरू, मेरै भाका, मेरै समाज । गीत सुनेर म टोलाएँ ।’

ट्ेरन्डिङको पाँचौँ स्थानमा ‘नेपाल आइडल सिजन टु’ को पियानो राउन्डको भिडियो थियो । १० लाख भ्युज पुग्नुका साथै चार हजारभन्दा बढी प्रतिक्रिया यसमा थिए । युटयुबबाटै उक्त प्रतियोगिता हेरेकाहरूले आफूलाई मन पर्ने सहभागीका पक्षमा कमेन्ट गर्नुका साथै निर्णायकहरूलाई नै सल्लाह–सुझाव दिएको समेत देखियो । ‘फिदा’ शब्द प्रयोग गर्ने जजलाई त्योभन्दा लाखौं गुणा कर्णप्रिय र सार्थक शब्द नेपालीमै छ भनेर भन्दिनुहोला,’ यात्रीराज पँगेनी लेख्छन्, ‘त्यो शब्द हो— मुग्ध ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki