Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ सुधार केन्द्र र श्री मेहर गण सेमिफाइनलमा प्रवेश

bk logo final png
  • बागलुङ खबर
  • २९ फाल्गुन २०८०, मंगलवार २२:३२

बागलुङ, २९ फागुन । बागलुङ सुधार केन्द्र र श्री मेहर गण बागलुङमा जारी दोस्रो संस्करणको ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा पहिलो क्वाटरफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गुठी युनाईटेडलाई ट्राईबेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयमा दुवै टोलीले गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

ट्राइबेकरमा बागलुङ सुधार केन्द्रको लागि अनिल गुरुङ, अभिशेक राना, निशान थापा र मनिश गुरुङले गोल गरेभने विदेशी खेलाडी मार्को भेराट्टीको प्रहार गुठीका गोलरक्षक रन्जन खत्रीले बचाएका थिए । गुठीको लागि सन्दिप केसी, अजित गुरुङ र सरोजले गोल गरेभने अविशेक केसी र विष्णु गुरुङको प्रहार बागलुङ सुधार केन्द्रका गोलरक्षक अशोक रेग्मीले बचाएका थिए ।

यस्तै मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्री मेहर गणले म्याग्दी जिल्ला फुटबल संघलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा म्याग्दी पराजित हुन पुग्यो । म्याग्दीको लागि खेलको तेस्रो मिनेटमा अनुपम श्रेष्ठले गोल गरेका थिए ।

श्रीमेहर गणको लागि खेलको ३९ औं मिनेटमा संकर कार्कीले गोल गर्दै पहिलो हाफमा खेललाई बराबरीमा पु¥याएका थिए । दोस्रो हाफमा थप गरिएको अतिरिक्त समयको चौथो मिनेटमा रामशरण चौधारीले गोल गर्दै श्री मेहरको जित निश्चित गरे ।

बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा बुधबार क्वाटरफाइनलका दुई खेल हुनेछन् । पहिलो खेल रुद्रेपिपल युवा क्लब र बुद्धचित्त विच हुनेछभने दोस्रो खेल आदर्श स्पोर्टस् क्लब र धवलागिरी बहुमुखी क्याम्पस विच हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki