Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रथम गुराँस कप फुटसलको उपाधि आयोजकलाई

bk logo final png
  • बागलुङखबर
  • २५ माघ २०८०, बिहीबार २२:०८

बागलुङ, २५ माघ । प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक गुराँस बिद्या सदनले जितेको छ ।

गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदन ६–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुराँसले कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र सिद्धार्थले चिल्ड्रेन लाईफ इङ्गलिस बोडिङ स्कुललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगिताको विजेता गुराँस र उपविजेता सिद्धार्थले क्रमशः नगद १५ हजार ५ सय ५५ र ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ । यस्तै सेमिफाइनमा पुगेको चिल्ड्रेन लाइफ इङ्गलिस बोडिङ स्कुल र कालीगण्डकी आवसिय माविले ट्रफी प्राप्त गरेको गुराँस विधा सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिद्धार्थ शिक्षा सदनका एलिक्स थापा सर्वोत्कृष्ट खेलाडी, गुराँसका समिप खड्का उत्कृष्ट गोलरक्षक र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका युकेन खत्री सर्वाधिक गोलकर्ता बनेका छन् ।

गुराँस बिद्या सदनको छैठो बार्षिकोत्सवको सन्दर्भ पारेर गुराँस बिद्या सदन र गुराँस बाल क्लवको आयोजनामा कक्षा ८ सम्मका बिद्यार्थीहरु बिच आयोजना गरिएको प्रतियोगितामा १७ विद्यालयका २० टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सनका जिल्ला अध्यक्ष दल थापा र एन प्याव्सनका नगर समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम गुराँस बाल क्लवका अध्यक्ष नेल्सन बोहोराको अध्यक्षता र गुराँस बिद्या सदनका प्रिन्सीपल निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki