Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रथम गुराँस कप फुटसल प्रतियोगिता भोलिबाट

bk logo final png
  • बागलुङखबर
  • २३ माघ २०८०, मंगलवार २१:४१

बागलुङ, २३ माघ । बागलुङको गुराँस विद्यासदनले भोलि (बुधबार)देखि प्रथम गुराँस कप अन्तर विद्यालय फुटसल च्याम्पियनसिप अण्डर ८ प्रतियोगिता गर्ने भएको छ ।

गुराँस विद्यासदनको छैठौं बार्षिकोत्सवको अवसरमा विद्यालय र गुराँस विद्या सदन बाल क्लबको संयुक्त आयोजनामा कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सहभागिता गराउने उद्देश्यले प्रतियोगिता संचालन गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल निशान खड्काले बताउनुभयो । उहाँले प्रतियोगितामा १७ विद्यालयका २० टिमको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १५ हजार ५ सय ५५ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने विद्यालयले जनाएको छ । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र सेमिफाइनल पुग्ने दुई टिमलाई ट्रफीले पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक खड्काले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि खेलले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।

पत्रकार सम्मेलनमा गोलप्रथाबाट खेलको खेल तालिका सार्वजनिक गरिएको छ । रसआवर फुटसल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बुधबार विहान ८ बजे धौलागिरी बोर्डिङ र गरिमा माध्यमिक विद्यालय विच हुनेछ । पत्रकार सम्मेलनको संचालन शिक्षक रामु जिसीले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki