Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रणनीति आक्रामक, लक्ष्य उपाधि

  • ११ आश्विन २०७५, बिहीबार १५:१८

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ ।
सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु र तुलनात्मक रूपमा एन्फाको महिला समिति सक्रिय हुनुलाई महिला फुटबल सकारात्मक रूपमा अगाडि बढेको संकेतमा लिन सकिन्छ । गत सातामात्र नेपालले आफ्नै भूमिमा एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गरेको थियो । दोस्रो चरणमा छनोट हुन नसकेको नेपालले त्यसअघि भुटानमै भएको साफ यू–१५ च्याम्पियनसिपमा चौथो स्थानमा चित्त बुझाएको थियो ।

उमेर समूहको अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तरता दिँदै बुधबार नेपाली यू–१८ राष्ट्रिय महिला टोली साफ यू–१८ महिला च्याम्पियनसिप खेल्न भुटान गएको छ । अर्को महिना थाइल्यान्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको तयारीका रूपमा रहेको यस प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउँदै छन् । श्रीलंकाले सहभागिता जनाउने भने पनि अन्तिम समयमा नाम फिर्ता लिएको थियो । शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालको समूहमा बंगलादेश र पाकिस्तान छन् ।

नेपाली टोलीको छनोट प्रक्रिया झन्डै ३ महिनाअघि सुरु भएको हो । एन्फाले राष्ट्रव्यापी खुला छनोटको आह्वान गर्दै पहिलो चरणको छनोट गर्‍यो । खुला छनोटबाट आएका खेलाडीसँगै महिला राष्ट्रिय लिगमा उमेर हदबन्दी ननाघेका खेलाडीसमेत समेटेर डेढ महिनाअघि दोस्रो चरणमा छनोट गरिएको थियो । त्यसपछि एक चरण खेलाडी छनोट गरेर अन्तिम २३ को नाम सार्वजनिक गरिएको हो ।

टोलीमा सिनियर राष्ट्रिय टोलीको अनुभव बोकिसकेका खेलाडी पनि रहेका छन् । कप्तान सरु लिम्बु, गोलरक्षक अन्जना राना मगर र मिडफिल्डर मन्जली कुमारी योञ्जन राष्ट्रिय टोलीका नियमित सदस्य नै हुन् । यसबाहेक विमला बिक राष्ट्रिय टोलीमा वैकल्पिकमा थिइन् भने अधिकांश खेलाडीले यसअघि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टोलीका केही खेलाडी करारमा रहेर विभागीय टोलीबाट खेल्छन् ।

कप्तानी सम्हालेकी सरुले उच्च स्तरमा प्रतिस्पर्धा गरेको अनुभवले यस प्रतियोगितालाई निकै सहयोग पुग्ने बताइन् । ‘हाम्रो टोलीमा अधिकांश खेलाडी अन्तर्राष्ट्रिय अनुभव बटुलेका छौं । नेपालको घरेलु फुटबलमा पनि नियमित खेलिरहेका खेलाडी छन् । यो अनुभवले हामीलाई पक्कै सहयोग पुग्नेछ,’ उनले भनिन् । उनका अनुसार लामो समय सँगै रहेर तयारी गरेका कारण पनि टोलीले राम्रो नतिजा हासिल गर्नेछ । ‘हामीले सँगै रहेर नियमित प्रशिक्षण गर्ने अवसर पायौं । एकआपसमा पनि राम्रो समन्वय रहेको आभाष छ । सुखद नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले थपिन् ।

प्रशिक्षक हरिओम श्रेष्ठ पनि राम्रो तयारीका कारण उपाधि जित्ने क्षमता रहेको बताउँछन् । ‘हामी झन्डै ३ महिनादेखि प्रतियोगिताको तयारीमा लागेका छौं । नियमित प्रशिक्षणसँगै टोलीमा निखार आएको छ । समूहमा बंगलादेश केही कठिन हुने देखिए पनि हामी जित हात पार्नेमा आशावादी छौं,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा सहभागिता जनाएपछि पक्कै जित्ने नै लक्ष्य हुन्छ । हाम्रो आक्रमण पक्ष बलियो रहेकाले आक्रामक रणनीति लिएर नै मैदान उत्रन्छौं ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki