Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार पुर्पक्षका लागि कारागार चलान

bk logo final png
  • BAGLUNGKHABAR
  • २० मंसिर २०८०, बुधबार ०६:३९

बागलुङ, २० मंसिर । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थामा ठगी गर्ने व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बागलुङ जिल्ला अदालतले मंगलबार जिल्लाको ढोरपाटन नगरपालिका १ का ३८ वर्षीय डोरबहादुर परियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

प्रतिवादी देव कुमार नेपाली समेत भएको इमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी सम्बन्धी २०७४ अन्तर्गतको कसूर मुद्दामा पक्राउ अनुमति जारी भएपछि प्रहरीले यही मंसिर १५ गते पक्राउ गरेको थियो।

रकम हिनामिना पारेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले साउन २ गते ठगी मुद्दा दायर गरेको थियो।

यसअघि जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

ठगी मुद्दा लागेका ३ जनाबाहेक, श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, रूपा विक र झकबहादुर शाही फरार थिए। फरारमध्ये परियार पक्राउ परेका हुन् ।

एक अर्ब ३० करोड रुपैयाँ बिगो दाबीसहित १५ सय ४३ जनाको मुद्दा दर्ता भएको छ ।

सञ्चालकका लागि ८ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki