Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शीर्षस्थानमा उक्लिदै भारत सेमिफाइनल नजिक

bk logo final png
  • बागलुङखबर
  • ६ कार्तिक २०८०, सोमबार ०६:१७

काठमाण्डौं, ६ कार्तिक । भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।

जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए । उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।

भारतलाई कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । उनी लोकी फर्गुसनको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ११।१ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

गिल ३१ बलमा ५ चौकासहित २६ रनमा आउट भए । श्रेयस ऐर २९ बलमा ६ चौकासहित ३३ रन बनाउँदै क्याच आउट भएका थिए । मिचेल सान्टनारले लोकेश राहुललाई २७ रनमा एलबीडब्लू आउट गरे । सूर्य कुमार यादव २ रनमा रन आउट भए । एक समय भारत ३३।५ ओभरमा १९१।५ को अवस्थामा पुगेको थियो । त्यसपछि कोहली र जडेजाले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

जडेजा ४४ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । मिचेल र रविन्द्र बाहेक अन्यले राम्रो गर्न नसक्दा न्युजिल्यान्डले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । त्यो नै हारको प्रमुख कारण बन्यो ।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा रविन्द्र लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए । विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए ।

एक समय ८।१ ओभरमा १९.२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन् ।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए ।
भारतको जितमा मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।

न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ ।

न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ । भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki