Skip to content

follow us

baglungkhabar.tv

2nd May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पाकिस्तानको कीर्तिमानी जीत, श्रीलङ्का ६ विकेटले पराजित

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ आश्विन २०८०, बुधबार ०७:०७

काठमाण्डौँ, २४ असोज । आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।

जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३ सय ४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानले विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य पछ्याउने कीर्तिमान बनाएको हो ।

पाकिस्तानको जितमा ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानले शतक बनाए । रिजवान १ सय ३१ रनमा अविजित रहे । त्यस्तै, शफिकले १ सय १३ रन जोडे । यसअघि विश्वकपमा सबैभन्दा ठूलो लक्ष्य सन् २०११ मा इङ्ल्यान्डले दिएको ३ सय २८ रन आयरल्यान्डले पूरा गरेको थियो ।

विश्वकप इतिहासमा पहिलो पटक चार शतक बनेका छन् । श्रीलङ्काले पनि दुई शतक बनाएको थियो । श्रीलङ्काका दिलशान मदुशानकाले दुई, महेष थिक्सना र मथिसा पाथिरानाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । श्रीलङ्काका कुशल मेन्डिसले १ सय २२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । उनले ६५ बलमा शतक हानेका थिए । उनी श्रीलङ्काबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् ।

सदिरा समराविक्रमाले १ सय ८ रन जोडे । पाकिस्तानका हसन अलीले ४ विकेट लिए । हरिस रौफले २ विकेट लिए । पाकिस्तानको यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो ।

हिजो भएको अर्को खेलमा इङ्ल्यान्डले बङ्लादेशलाई एक सय ३७ रनले हरायो ।

आज भारत र अफगानिस्तानबीच दिल्लीमा खेल हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भर्खरै

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki