Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

खाद्यान्न र पुस्तक पसलबाट पेट्रोलियम पदार्थ विक्री

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ आश्विन २०८०, बुधबार ०६:३७

खिम बहादुर कार्की
बागलुङ, २३ असोज । बागलुङका खाद्यान्न र पुस्तक पसलहरुबाट पेट्रोलियम पदार्थ विक्री हुने गरेको पाइएको छ ।

काठेखोला गाउँपालिकाले गरेको चाडबाड लक्षित अनुगमनको क्रममा गाउँपालिका भित्रका केही खाद्यान्न र पुस्तक पसलबाट पेट्रोलियम पदार्थ (पेट्रोल)को विक्री वितरण हुने गरेको भेटिएको हो । गाउँपालिका वडा नम्बर ५ का खाद्यान्न पसल र पुस्तक पसलमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर विक्री वितरण गरेको भेटिएको गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले जानकारी दिए । गाउँपालिकामा खाद्यान्न र पुस्तक पसल संचालन गर्न पसल दर्ता गरिएपनि अनुगमनको क्रममा सोही पसलबाट पेट्रोलियम पदार्थ समेत विक्री वितरण गरिरहेको भेटिएको गाउँपालिकाका उपाध्यक्ष थापाले बताए ।

पेट्रोलियम पदार्थ विक्री वितरणको लागि नेपाल आयल नियगमबाट स्विकृत प्राप्त गरेर पेट्रोल पम्प संचालन गर्नुपर्ने हुन्छ तर बागलुङका गाउँ–गाउँमा खुल्ला रुपमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर विक्री वितरण गरिदै आएको छ । नेपाल सरकारले बोतलमा पेट्रोलियम पदार्थको विक्रीवितरणमा रोक लगाएपनि त्यसको कार्यान्वयन नभएको अनुगमनको क्रममा भेटिएको हो ।

उपाध्यक्ष थापाले अनुमति नलिइ विक्री भइरहेको पेट्रोलियम पदार्थलाई पसलबाट तत्काल हटाउन निर्देशन दिएको बताए । ‘पहिलो पटक लापरबाही देखिएकोले हामीले तत्काल हटाउन निर्देशन दिएका छौं,’ उपाध्यक्ष थापाले भने,‘नहटाइ अटेरी गरेर विक्री गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही गछौं ।’

अनुगमनको क्रममा मासु पसल (फ्रेस हाउस)मा मापदण्ड नपुगेको र सोही पसलबाट मादक पदार्थसमेत विक्री भएको पाइएको छ । मासु पसलबाट मादक पदार्थ समेत विक्री भएको भेटिएपछि उपाध्यक्ष थापाको टोलीले एक हप्ताभित्र छुट्टाछुट्टै पसल दर्ता गरेर संचालन गर्न निर्देशन दिएको छ । यस्तै अधिकांश पसलहरु दर्ता भएपनि नविकरण नगरेको पाइएको उपाध्यक्ष थापाले बताए । दर्ता नभएको पसलहरु र नविकरण नगरेका पसलहरुलाई तत्काल दर्ता र नविकरण गर्न अनुगमनको टोलीले निर्देशन दिएको छ । अनुगमनमा मुख्य गरी पेय पदार्थ, तयारी खाद्य पदार्थ, औषधि तथा म्याद गुज्रेका बीउ–बिजनहरुलाई पसलबाट हटाउन लगाइएको थियो ।

दशैं तिहार जस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तरहिन सामग्रीहरु बिक्री हुनसक्ने सम्भावना देखेर काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा (तिलक)को नेतृत्वमा सोमबार मुख्य बजारहरु वडा नम्बर २ को अक्षेते बजार, वडा नम्बर ६ को सुल्डाडा, इनारपानी, वडा नम्बर ५ को रिजालचोक, पोखरा र घोडाबाँधेमा अनुगमन गरिएको थियो । उपाध्यक्ष थापाले नागरिकहरुलाई खाद्य सुरक्षाको बारेमा जानकारी र सचेतना गराउनुका साथै विक्रेताहरुलाई पनि सजग गराउनको लागि अनुगमन गरिएको बताए । उनले विक्रेताहरुलाई अहिले खाद्य सुरक्षाको बारेमा जानकारी र सचेत गराएको बताउँदै अझैअटेर गरेमा कानुन बमोजिम कारवाही गरिने बताए । कालो बजारी नियन्त्रण तथा खाद्य गुणस्तर कायम गर्ने बजार अनुगमनले सहयोग पुग्ने उपाध्यक्ष थापाको भनाई छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki