Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्राथमिक उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • २४ भाद्र २०८०, आईतवार ०८:२६

बागलुङ, २३ भदौ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा (नेपाल रेडक्रस सोसाइटी) बागलुड जिल्ला शाखाको कार्यालयमा “प्राविधिक यूगमा प्राथमिक उपचार”भन्ने मूल नाराका साथ विभिन्न विद्यालयका जुनियर तथा युवा रेडक्रस सर्कलका अध्यक्ष, सचिव एंव शिक्षक नायकहरूलाई प्राथमिक उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता नेरेसो बागलुड जिल्ला शाखाका सदस्य एंव स्वास्थ्य तथा सामाजिक उपसमिति संयोजक कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथिमा नेरेसो जिल्ला शाखा बागलुडकी उपसभापति एंव गण्डकी प्रदेश सदस्य सीता शर्मा, विशेष अतिथिमा बा.न.पा ६ का वडा अध्यक्ष रूद्र बहादुर के.सी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष एंव जुनियर तथा युवा रेडक्रस सर्कल समिति संयोजक जीवननाथ शर्मा तथा अथितिहरूमा जिल्ला शाखा निवर्तमान सदस्य तारा बिश्वकर्मा , सिगाना उपशाखाबाट पुर्व सभापती कविराज जि.सी, निवर्तमान सभापती कर्ण बहादुर कार्की, सदस्य एंव जुनियर तथा युवा रेडक्रस सर्कल समिति सदस्य अर्जुन कार्की, रामरेखा उपशाखाका सचिव भूपेन्द्र बहादुर के.सी र बा.न.पा ३ का सचिव प्रेम बहादुर के.सी रहनुभएको थियो ।

कार्यक्रममा बोल्ने वत्ताहरुले प्राथमिक उपचार अतिआवश्यक रहेको र यसलाई सबै मिलेर सहरमा मात्र नभई गाँउगाँउसम्म पुर्याउनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न ११ विद्यालयका ३३ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki