Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बा.न.पा. ९ तित्याङका थापाको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध

bk logo final png
  • BAGLUNGKHABAR
  • २१ भाद्र २०८०, बिहीबार २०:५५

छलिता बुढा मगर

बागलुङ,२१ भदौ । क्यान्सर पीडित सामाजिक सेवामा क्रियाशिल बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका गणेश थापाको उपचारको लागि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।

मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) नामक रोगबाट पीडित थापाको उपचारको लागि करिब ८० लाख रुपैयाँ लाग्ने भन्दै थप उपचारको लागि सहयोग गर्न अनुरोध गरिएको हो । थापाको उपचारको लागि सहयोग जुटाउनको लागि गणेश बहादुर थापा मगर उपचार सहयोग समिति गठन गरिएको छ ।

सहयोग समितिले बिहिबार पत्रकार सम्मेलन गरि आर्थिक सहयोगको लागि अनुरोध गरेको हो ।

विभिन्न संघसंस्थाको नेतृत्व गरेका थापालाई गम्भीर प्रकृतिको क्यान्सर लागेपछि आफुहरुलाई चिन्तित बनाएको उल्लेख गर्दै देश विदेशमा रहनेहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।

सहयोग समितिका संयोजक चन्द्र बहादुर थापा मगरद्वारा गरिएको अनुरोधमा छ–‘रहर लाग्दो प्रगति, आदर्श मुल्य मान्यतामा गतिशिल बन्दै गरेको जीवनमा एकाएक गम्भीर रोगबाट ग्रसित बनेको सन्नाटा ल्याउने खबरले केवल एक व्यक्ति र परिवार मात्र होइन सिङ्गो समाज चिन्तित बनिरहेको छ ।’

उनको केही समय अघि काठमाण्डौको न्यूरो अस्पतालमा स्पाइनल कर्डमा (मेरुदण्ड) र २ वटा रिब्स (करङ) मा भएको ट्युमरको अप्रेशन गरिएको थियो । अप्रेशन पश्चात पनि रोगको समस्या र संकेत देखिएपछि उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाण्डौ पुगेका थिए ।

त्यहाँ उपचार नहुने भएपछि भारतमा रहेको राजिव गान्धी क्यान्सर ईन्ष्टीच्युट तथा रिसर्च सेन्टरमा परीक्षण र परामर्श गर्न पुगेका थिए । त्यहाँबाट उनलाई भारतको चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचार गर्न सिफारिस गरिएको छ ।

पीडित थापाले आफू बिरामी भएपछि करिब १० लाख रुपैयाँ खर्च भएको बताए । त्यसले पनि उपचार नपुगेको तर आफूलाई बाँच्ने रहर रहेको उल्लेख गर्दै सहयोग गर्न अनुरोध गरे ।

‘हालसम्मको उपचारमा १० लाख रुपैयाँ खर्च भइसकेको छ, अब अझै नेपाली करिब ८० लाख रुपैयाँ चाहिन्छ भनेको छ’ थापाले–‘मैले जुन कुरा चाहेको थिएन त्यहि कुरा भन्नु परेको छ, एक पटक मलाई सहयोग गरिदिनुस म बाँच्न चाहन्छु ।’

उनले सहयोगबाट आफुले नयाँ जीवन प्राप्त गर्ने बताए ।

‘मलाई एक पटक त अप्रेशन सम्भव छैन भनिएको थियो, अप्रेशन गर्दा एउटा मृगौला जान सक्छ, प्यारालाइसिस हुन सक्छ भनिएको थियो त्यसबेला आश पनि मारेको थिएँ’ भावुक हुँदै थापाले भने–‘सोधपुछ गर्दै जाँदा भारतको चेन्नइमा उपचार हुन्छ भन्ने थाहा भयो तर महङ्गो त्यहि पनि साथीभाईबाट सहयोग पाउँछु भन्ने आशाले सहयोगको हात फैलाएको छु ।’

थापा बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका निवर्तमान वडा अध्यक्ष, नेकपा एमालेको जिल्ला उपसचिव, नेपाल मगर संघ बागलुङको दुई कार्यकाल अध्यक्ष बनेका थिए । तिसँगै रोटरी क्लब, नेपाल नेत्र ज्योति संघ लगायतका संस्थामा क्रियाशिल रहनुका साथै व्यवसायमा संलग्न छन् ।

थापालाई सहयोग गर्न ईच्छुक व्यक्ति तथा संस्थाले ग्लोबल आइमएइ बैंक बागलुङ शाखामा उनकी श्रीमति गिता थापा मगरको नाममा रहेको खाता ०१२०७०१०२०७४८५ रकम जम्मा गर्न सकिने छ । ९८६७६४९१००मा पनि रकमान्तर गर्न सकिने छ ।

साथै सहयोग समितिका संयोजक चन्द्रबाहादुर थापा मगर ९८५७६२१०८५, श्याम पुन ९८५७६३४८१० र ९८६७६९३४७८ मा पनि सम्पर्क गर्न सकिनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki