Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण

bk logo final png
  • BAGLUNGKHABAR
  • १८ असार २०८०, सोमबार ०८:०२

बागलुङ, १८ असार । बागलुङमा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित शनिबार १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईएको छ । दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

सहकारीको सिद्धान्तमध्य समुदाय प्रति चासो अन्र्तगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले नीतिगत व्यवस्था मार्फत समुदायको दिगो विकासमा टेवा पु¥याउनु पर्छ र आफ्ना प्रत्येक निर्णय एवं योजनाले समुदायमा पार्ने प्रभाव बिचार गरी सकारात्मक योगदानका लागि फलफूल वितरण कार्यक्रम आयोजना गरेको संघले जनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सञ्चालक तथा काठेखोला गाँउपालिकावडा नं. ६ का वडाअध्यक्ष वृहस्पती कंडेल, धौलागिरी अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक युवराज त्रिपाठी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालमा उपचाररत ७० जना बिरामीलाई फलफूल वितरण गरेको संघका प्रबन्धक सिर्जना शर्माले जानकारी दिनुभयोे । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले हरेक अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सामाजिक संघसंस्थामा सहयोग गर्दै मनाउने गर्दछ ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) को अध्यक्षता, संघको सञ्चालक खिम बहादुर कार्कीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को अगुवाइमा जुलाई महिनाको पहिलो शनिबार विश्वभर सहकारी दिवस मनाईन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki