Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक

bk logo final png
  • BAGLUNGKHABAR
  • ३ जेष्ठ २०८०, बुधबार १८:०१
काठमाडौं, ३ जेठ । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ए मा परेको छ ।आयोजक भारतसमेत रहेको समूह ‘ए’ मा नेपाल परेको हो । नेपाल कठिन समूहमा परेको छ । भारत र नेपालसँगै यो समूहमा कुवेत र पाकिस्तान परेका छन् । माल्दिभ्समा भएको गत संस्करणको भारत विजेता टोली हो भने नेपाल उपविजेता टोली हो । फाइनलमा भारतले नेपाललाई ३।० ले पराजित गरेको थियो ।

समूह ‘बी’ मा बंगलादेश, माल्दिभ्स, भुटान र लेबनान परेका छन् । साफ च्याम्पियनसिप आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेंगलोरमा हुनेछ ।

यस संस्करणको च्याम्पियनसिपमा ८ देशले सहभागिता जनाउने छन् । दक्षिण एसियाली मुलुक श्रीलंका फिफाको प्रतिबन्धमा रहेकाले यस संस्करणमा खेल्ने छैन । कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

१४ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मा पाएको बंगलादेश नसक्ने भएपछि भारतमा हुन लागेको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki