Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शास्त्रीय मान्यतामा २०८०

bk logo final png
  • BAGLUNGKHABAR
  • १ बैशाख २०८०, शुक्रबार ०७:५५

नेपालीका घरआँगनमा नयाँ वर्षको आरम्भ भएको छ। नल नामको संवत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि भनौं चैत्र ८ गतेदेखि पिंगल नामको संवत्सर सुरु भई विक्रम सम्बत् २०८० आएकोे हो। श्रीशाके १९४५, श्रीसंवत् २०८० पिँगल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख कृष्ण नवमी तिथि, श्रवण नक्षत्र, साध्य योग, गरकरण शुक्रबार, दिउसो १७ः२६ प्रवादन कालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्र मास सकिएर वैशाख महिना सुरु भई नयाँ वर्षको आरम्भ हुँदैछ। तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पञ्चांगको श्रवण मात्रैले पनि गंगा स्नानको फल मिल्ने शास्त्रीय मान्यता छ।

वर्षमा ६० वटा संवत्सर हुन्छन्। क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५१औं संवत्सर पिंगल परेको छ। आउने वर्ष काल नामको हुनेछ। सृष्टि सुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २४ वर्ष व्यतीत भएको छ। कली आरम्भको समय भने ५ हजार १ सय २४ वर्ष व्यतीत भएको छ। यो वर्ष ईसं २०२३÷२४ हो भने नेपाल संवत् ११४३र४४ हो। यो वर्षको राजा बुध हो र मन्त्री शुक्र हुन्। स्वभावैले बुधको प्रभाव धेरै जलवर्षा हुने भए पनि समाजमा धार्मिक कार्य धेरै हुने देखिन्छ।

यसले सामान्यतः आमनेपाली हाँसीखुसी रहनेछन्। मन्त्री शुक्र छन्, जसले अनाजमा महँगी वृद्धि यसैले जनता निराश हुनुपर्ने, अन्नबालीमा सलहको कष्ट सहनुपर्ने, चन्द्रमाले वर्षा अनुकूल रहने र दुग्ध पदार्थको अवस्था सामान्य रहन्छ। मुख्यबाली धान उत्पादनमा शनिका कारण वृद्धि खासै हुन नसक्ने, भएको वितरण प्रणाली अव्यवस्थित हुँदा दुर्भिक्षको सम्भावना रहने, खाद्यसंकट हुने, विदेशबाट आयात गर्नुपर्ने, देशमा आन्तरिक कलह रहने, बादल वर्षाको मालिक वृहस्पतिका कारण वर्षामा खासै समस्या नहुने, र सक्षेत्रका मालिक बुधको सकारात्मक प्रभावले अन्य कृषि क्षेत्र सरस नै हुने हुन्छ।

कपडा, चाँदी सेतो सरसामग्रीको भाउ बढ्न सक्ने, फलफूल आयात नै भएर पनि गुरु वृहस्पतिका कारण राम्रै हुनेछ। धनमा सूर्यका कारण व्यापारी मोटाउने छन्। सीमा, किल्लाको रक्षा गुरु वृहस्पतिले गर्ने हुँदा समस्यामा खासै चासो दिनुपर्ने हुन्न। शासकवर्ग भने मीठा, चिल्ला कुरा गर्न छोड्ने छैनन्। राम्रा योजना ल्याउँछन् तर पूरा गर्न सक्दैनन्। २०७९ मा राजा शनि भएकाले जनताले बढी कष्ट पाए। निराश चुनावहरूमा होमिइरहे। राजनीतिक बखेडा पनि धेरै भयो। यो वर्ष बुध राजा हुन्, मन्त्री पनि शुक्र भएकाले देशमा त्यस्तो दोहोरिन्न। समग्रमा वर्षभरि शुभाशुभ फल मध्यम हुन्छ। वायु प्रदूषण, फोहोर हटाउने विवाद पहिलेकै हो र यसपालि पनि हानथाप हुनेछ। नागरिकको स्वास्थ्य समस्या, बलियाको रजाइँ, निर्धाहरूको आत्मग्लानी पनि साविकअनुसारै हुने देखिन्छ।

चोर फटाहाहरूको बिगबिगी रहनेछ। गाँस, बास र कपासको पीडा र रोगसँग लड्ने नागरिक क्षमतामा कमी हुनेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा इन्धन आपूर्तिमा कठिनाइ, राज्यबीच फाटो, शासकबीच मतैक्यताको अभाव, ठूलो हुँ भन्ने अहम्पन हुन्छ। संसारभर आर्थिक मन्दीको समस्या, आर्थिक वृद्धिदरमा कठिनाइ विविध समस्या रहनेछ। शनि क्रूर ग्रह वर्षभरि नै कुम्भ राशिमा रहने त्यसपछि मीन राशिमा सर्नेछ। अतः कुम्भ राशिलाई वर्षभरि नै मध्य साढे साती दशा हुनेछ। मीन राशिलाई आद्य र मकर राशिलाई अन्त्य साढे साती दोष हुनेछ। कर्कट र वृश्चिक राशिलाई अढैया शनि दोषछ। यस्ता दोष भएकालाई झुटा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सञ्चित धनको नोक्सानी हुने हुन्छ। चोट पटकको डर, काममा ढिलाइ, मानसम्मानमा आघात विभिन्न समस्या हुन सक्छ।

समय शुद्धिको हिसाबले हेर्दा यो वर्ष वृहस्पति वैशाख १५ गते शुक्रबार पूर्वमा उदाउँछन्। साउन १८ गते शुक्र पश्चिममा अस्ताउँछन्, भदौ १ गते पुनः शुक्र पूर्वमा उदाउँछन्। वृहस्पति एवं शुक्र अस्त भएका बेला हामीले गरेका काम उनीहरूले नदेख्ने हुन्छ। त्यसैले नित्य पूजा आजा र नैमित्तिक पितृकार्यबाहेक अन्य काम्य कर्म गर्न निषेध छ, फल मिल्दैन। काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि, नयाँ उद्यानहरूको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि, दीक्षा ग्रहण, व्रत उद्यापन, चूडा कर्म, व्रतबन्ध, विवाह, वधू प्रवेश, महादान, उपाकर्म आदि पर्छन्। नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय ४ लाख ३२ हजार वर्षमध्ये ५ हजार १ सय २४ वर्षमा प्रवेश हुनेछ। सृष्टिको क्रम भने १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्षमा हुनेछ।

ग्रहमध्ये बुध र शुक्र सकारात्मक देखिन्छ। देशमा तर राज्यले लिने अचाक्ली करले सबैलाई त्राहिमाम पारेको छ। शिक्षा, स्वास्थ्य, समग्रमा बजार धानी नसक्नु छ। उत्पादनको कमी छ, केही निर्यातको वृद्धि देखिए पनि आफ्नो वस्तु होइन, आयातको वृद्धिले पहिलेझैं व्यापार घाटामा सुधार भएन। बरु थपियो, विप्रेषणले केही मुद्रा सञ्चिति देखिए पनि बैंक, वित्तीय संस्थाप्रति जनधारणा सकारात्मक छैन। अनावश्यक खर्चिलो चुनाव र उपचुनावले देश थिलथिलो भएको छ। स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ। दानमा महिना विशेष, समय विशेष तोकिएको छ।

गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुहरूको दानले तन, मन, धन सबै पवित्र बन्छ। वैशाखमा जल र अन्नदानको महत्त्व बढी छ भने तप र पूजाको अधिक महत्त्व छ। स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन्। मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो। ज्ञानको प्रयोगको समय द्वापरयुग हो। कलियुग धर्म र कर्म दुवैको समय हो। सबैको जय होस्।
नयाँ वर्षको शुभकामना ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki