Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित

bk logo final png
  • BAGLUNGKHABAR
  • ७ चैत्र २०७९, मंगलवार १९:१५

विराटनगर, ७ चैत। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे समय सीमा सकिएपछि वडा अध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् ।

धरानका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले निर्देशनात्मक पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा कुरा उठाउने वडा अध्यक्षलाई मेयर साम्पाङले स्पष्टीकरण सोधेपछि थप विवाद भएको थियो ।

वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए । तर, समय सीमाभित्र मेयरले माफी नमागेपछि वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज गरेका छन् ।

त्यस्तै धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताहरुले नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु कार्यपालिका सदस्यको सहमतिविना नगर्न, नगराउन कर्मचारीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर साम्पाङ गैरजिम्मेवार भएकाले आन्दोलित हुनुपरेको बताए ।

दलका नेताहरुले धरानका सामाजिक विकास महाशाखा, सामान्य प्रशासन, स्वास्थ्य, योजना तथा इन्जिनियरिङ, आर्थिक विकास महाशाखा, शिक्षा महाशाखा, वातावरण तथा विपद् व्यवस्थापन, राजस्व परामर्श महाशाखा, नगर प्रहरीलगायतका शाखालाई ध्यानाकर्षण गराएका छन् ।

मेयरका निजी सचिवको हैसियतमा धरानका २० वटै वडामा अनधिकृत व्यक्तिले फागुन २९ गते निर्देशनात्मक पत्राचार गरेका थिए । पत्र सम्बन्धमा चैत १ गते कार्यपालिका बैठकमा मेयर साम्पाङले ‘मैले अह्राएको’ भनेपछि वडाध्यक्ष र मेयरबीच विवाद भएको थियो ।

बैठकमा १० नं वडाका अध्यक्ष विवेक राईले आफूले बोल्न पाउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने बताएका थिए । उनले निर्वाचित जनप्रतिनिधिलाई अनधिकृत व्यक्तिले निर्देशनात्मक पत्राचार गरेकामा विरोध जनाएका थिए । सोही विवादका आधारमा चैत ३ गते मेयर साम्पाङले १० नं वडाध्यक्ष राईलाई नियमविपरीत लिखित स्पष्टीकरण सोधेका थिए ।

मेयर साम्पाङले ज्यादती गरेको भन्दै चैत ५ गते सम्पूर्ण कार्यपालिका सदस्यले प्रेस विज्ञप्तिमार्फत मेयरको ध्यानाकर्षण गराएका थिए । उनीहरुले अनधिकृत पत्राचार गर्ने निजी कर्मचारीलाई कारबाही गर्न र साम्पाङलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।

मेयर साम्पाङले समस्या समाधान गर्न कुनै पनि प्रयास नगरेकाले कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको समन्वय र सहमतिविना दैनिक नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने किसिमका कुनै पनि निर्णय नगर्न, नगराउन कार्यपालिकाका संसदीय दलका नेताहरुले विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा धरान १८ नम्बरका वडाध्यक्ष नरेन्द्र राई, १५ नम्बरका वडाध्यक्ष नरेश ईवारम र १७ नम्बरका वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्ताक्षर गरेका छन् ।

मेयर साम्पाङले अल्टिमेटमका विषयमा सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत् वडाध्यक्षलाई गाली गर्दै आएका छन् ।
नेपालप्रेसमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki