Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

केन्द्रको अस्थिर राजनीतिको प्रभाव प्रदेशमा पर्नु हुँदैनः मुख्यमन्त्री अधिकारी

bk logo final png
  • BAGLUNGKHABAR
  • १२ फाल्गुन २०७९, शुक्रबार १८:५४

बागलुङ, १२ फागुन । नेपाल पत्रकार महासंघ बागलुङले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले केन्द्रको अस्थिर राजनीतिको प्रभाव प्रदेशमा प्रभाव पर्न नहुने बताएका छन् ।

उनले प्रदेशका समस्याको समाधान गर्ने परिपाटीकाका साथ संघियता ल्याएको बताए । ‘संघियता हामीले ल्याएको हो कसैले दिएको होइन,’ मुख्यमन्त्री अधिकारीले भने,‘ यहाँभित्र समस्या हुन्छ समाधान गर्ने परिपाटीका साथ संघियता ल्यायौं । संघियता भनेको प्रदेश संरचना हो ।’

मुख्यमन्त्री अधिकारीले नयाँ संरचनालाई कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा सवैको ध्यान जान जरुरी रहेको बताए । ‘जहाँ छौं, जसरी गछौं, जे काम गछौं हाम्रो प्रदेशलाई बलियो बनाउनमा गछौं’,’ उनले भने,‘यो नयाँ संरचनालाई तपाइ हामले ल्याएर कसरी प्रभावकारी बनाउन सक्छौं त्यस विषयमा हामी सवैको ध्यान जान जरुरी छ ।’ उनले प्रदेशका केही सिमाहरु रहेको बताए । साझा सुचिमा सुत्रबद्ध भएका अधिकार भन्दा आफ्ना एकल अधिकार थोरै रहेको मुख्यमन्त्री अधिकारीको भनाई छ ।

मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन सम्बन्धी ऐन कार्यक्रम, संघिय निजामती ऐन कार्यक्रम, बित्तिय केन्द्रीकरणको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको बताए । उनले प्रदेशले आफ्नो औचित्य पुष्टि गर्ने चुनौतीलाई सामना गर्दै अगाडी बढेको बताए । ‘हामीले १४ वटा मन्त्रालयलाई घटाएर आधा गराएका छौं,’ मुख्यमन्त्री अधिकारलिे भने,‘ नजिकको सरकारले जनताको जिउधनको सुरक्षा गर्ने, मध्यमखालका विकास निर्माण गर्ने, अन्तर प्रदेश समन्वय परिषदको बैठक राखेर प्रदेशका समस्याहरुको समाधान तर्फ केन्द्रीय सरकारलाई ध्यानकर्षण गराउने, पूँजीगत खर्च या उत्पादन तर्फ अगाडी बढाउने गरी जान सकेमा औचित्य पुष्टि हुन्छ ।’

मुख्यमन्त्री अधिकारीले केन्द्रको पछिल्लो राजनीतिक घटनाक्रमले देश अस्थिरता तिर जान्छ की भन्ने रहेको बताए । ‘गठबन्धन गरेर चुनाव लडेपछि देश अस्थिरता तर्फ जान्छ भनेर हामीले भनेको हो,’ मुख्यमन्त्री अधिकारीले भने,‘अहिले ति अस्थिरताका सम्भावनाहरु कमजोर बनुन भनेर हामीले सरकार गठन गरेर तेस्रो शक्तिलाई प्रधानमन्त्री मानेर अगाडी बढेको हो । घरीघरी जुन कुराहरु सुनिन्छन् तिनले जनताको मनोविज्ञानमा राम्रो प्रभाव दिएको छैन, अस्थिरता तिर जान्छ की भन्ने छ ।’

नविन शिशिर विकको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत सहसचिव सिर्जना पन्त र संचालन सहसचिव तारानाथ आचार्यले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki