बागलुङ, ११ फागुन । गाई काट्दै गर्दा चार जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले आज पक्राउ गरेको छ ।
जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका चार जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन् ।
डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए ।









