बागलुङ, ८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ कालिका भगवती मन्दिरको दर्शनका लागि आउनु हुने भएको छ । भण्डारी आफ्नो दश वर्षे कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउन लाग्नु भएको हो ।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरी राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि आउने कार्यक्रम तय भएको जानकारी अध्यक्ष कुमार खड्काले दिनुभयो ।
राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका लागि आउने भएकाले गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वगतको तयारीमा जुटेको छ ।









