Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

त्रिकोणात्मक श्रृंखला जित्न नेपाली टोली तयार : कप्तान पाैडेल

bk logo final png
  • बाग्लुङखबर
  • १ फाल्गुन २०७९, सोमबार २१:२४
काठमाडौं, १ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबार शुरु हुने त्रिकोणात्मक श्रृंखलामा जित्नकै लागि नेपाली टोली तयार रहेको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुअघि गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन्।

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देसाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको पौडेलले बताए।

प्रशिक्षक देसाईको प्रशिक्षणमा टोली राम्रो भएको उनले बताए। घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको सदुपयोग गर्ने पनि उनले बताए।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनमा आफूले खेलाडीमा भएको क्षमता अझ निखार्न प्रयास गरेको बताए।

प्रशिक्षणका क्रममा प्रशिक्षक देसाईले नेपाली खेलाडीमा आफूले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देसाईले बताए।

देसाईले मंगलबार शुरु हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागी हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाल आइसकेका छन्।

खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए।

प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमै प्रतिस्पर्धा गर्न कठिन हुने बताए। आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने अपेक्षा उनले व्यक्त गरे।

उता नामिबियाका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल खेल्न बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए। उनले आफ्नो टोली शीर्ष ४ मा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा उक्लिने रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताए।

श्रृंखलाअन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ का अन्तिम ४ खेल नेपालमा खेल्दै छ।

स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा उक्लिने योजनाका साथ खेल्नेछ।

श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेलेर ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नेछ।

नेपालले दोस्रो खेल स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा फेरि खेल्नेछ।

थाहा खबरबाट साभार

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपति र जेनजी प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki