Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उपत्यका क्षेत्रका विद्यालयको पठनपाठन बन्द

bk logo final png
  • BAGLUNGKHABAR
  • ७ माघ २०७९, शनिबार ०९:३७

बागलुङ : अत्यधिक चिसो बढेपछि बागलुङको पश्चिम ढोरपाटन उपत्यका क्षेत्रका विद्यालयको पठनपाठन बन्द गरिएको छ। ढोरपाटन नगरपालिका–९ बोवाङका पाँच विद्यालयहरू एक महिनाको लागि बन्द भएका छन्।

चिसोका कारण बालबालिका विद्यालय आउन नसक्ने, आए पनि पठनपाठनमा ध्यान नदिने, लामो समय विद्यालयमा बस्नै नसक्ने अवस्था भएपछि विद्यालय बन्द गरेको ज्योति विकास आधारभूत विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए। ढोरपाटन उपत्यका विद्यालयले असार साउन महिनामा हुने बर्खे बिदा गर्दैनन्।

बर्खे बिदा नलिने विद्यालयले चिसो बढेपछि हिउँदे बिदा लिने ढोरपाटन नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानकारी दिए। ढोरपाटनको ज्योति विकास आधारभूत विद्यालय, सल्लाथान प्रावि, ढोरपाटन दुर्गम प्रावि, बालज्योति प्रावि र सिद्धथान प्राविले फागुन १ गतेसम्म पठनपाठन बन्द गरेका छन्।

हिउँदे बिदा लामो हुने हुँदा बर्खामा नियमित, दसैंमा एक हप्ता र तिहारमा पाँच दिन मात्रै विद्यालय बन्द गरिएको थियो। ढोर क्षेत्रकै जनवादी घुम्ती विद्यालयले बोवाङमा नियमित पठनपाठन गरेको छ। गर्मी मौससमा उपत्यका क्षेत्र र जाडो मौसममा बोवाङमा कक्षा सञ्चालन हुन्छ। जहाँ भए पनि पठनपाठन क्रियाकलापमा विद्यार्थीलाई नियमित जोड्नका लागि एक महिनालाई पुग्ने गरी गृहकार्य तथा अन्य नमुना अभ्यासको काम दिएको ज्योति विकास आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिए।

विद्यालय बन्द भएपछि चिसो छल्न ढोरपाटन क्षेत्रका विद्यार्थीहरू अधिकारीचौर, बोवाङ, बुर्तिवाङतिर (बेंसी) झरेको प्रधानाध्यापक अदैले बताए।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki