Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मेस्सीलाई पछार्दै पेलेजत्तिकै महान खेलाडी बन्ने अवसर एमबाप्पेलाई

bk logo final png
  • BAGLUNGKHABRAR
  • ३ पुष २०७९, आईतवार १४:००

काठमाडौँ, ३ पौष । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनललाई सुपरस्टार लियोनल मेस्सी र कायलियन एमबाप्पेबीचको लडाईका रुपमा हेरिँदैछ । यसअघि समान दुई-दुई पटक विश्वकप जितेका अर्जेन्टिना र फ्रान्सको तेस्रो उपाधि भिडन्त चल्दा फुटबलका दुई महान खेलाडीबीचको लडाई रोचक हुने अपेक्षा छ ।

पेरिस जेन्ट जर्मेन (पीएसजी) का महँगा दुवै स्ट्राइकर उच्च लयमा छन् । मेस्सी करियरको अन्त्यतिर हुँदा एमबाप्पे भने राइजिङ स्टार हुँदै सुपरस्टार बनिसकेका छन् ।

१९ वर्षकै उमेरमा फ्रान्सका लागि विश्वकप जितिसकेका एमबाप्पेसामु उपाधि रक्षा गर्ने मात्रै होइन, लगातार दुईपटक विश्वकप जितेर फुटबलका भगवान मानिने पेलेको कीर्तिमान बराबरी गर्ने अवसर पनि हुनेछ ।

कतार विश्वकपको फाइनल खेल्न गइरहेका एमबाप्पेलाई फ्रान्सकै ठूलो र पेले बराबरकै महान खेलाडी बन्ने अवसर छ ।

फाइनलमा मेस्सी स्तब्ध भएको खण्डमा पेले, म्यारोडोनापछि एमबाप्पे विश्वकै तेस्रो महान खेलाडी बन्नेछन् । कम्तीमा विश्वकप फुटबलको इतिहास र उपाधिका हिसाबमा सर्वाधिक सफल खेलाडीमा एमबाप्पे पर्नेछन् ।

पेलेले तीनपटक विश्वकप जित्दा अर्जेन्टिनाका लागि म्यारोडोनाले दुईपटक विश्वकप जितेका छन् । फ्रान्सका महान खेलाडीमा मिचेल प्लाटिनी र जिनेदिन जिदान मानिन्छन् ।

प्लाटिनीले तीनपटक बालोन डी’ओर अवार्ड जितेका छन् भने जिदानले दुईपटक यो अवार्ड हात पारेका छन् । दुवै जनाले विश्वकप पनि जितेका छन् । त्यसबाहेक फ्रान्सका लागि हालै करिम बेन्जेमाले पनि बालोन डी’ओर अवार्ड जितेका छन् ।

बेन्जेमा क्लब फुटबलमा सफल देखिएपनि विश्वकपमा सफल छैनन् । प्रतिबन्धका कारण रुस विश्वकप खेल्न नपाएका उनले चोटका कारण कतार विश्वकप पनि गुमाए ।

एमबाप्पेले यसपटक विश्वकप जितेमा पहिलोपटक बालोन डी’ओर अवार्ड जित्नेछन् । उनी यसका पहिलो हकदार पनि हुन् । मेस्सीसँग पीएसजीमा खेलेका कारण उनको खेल शैली र कमजोरी एमबाप्पेलाई धेरै राम्रोसँग थाहा छ ।

त्यसमाथि पीएसजीमा हुँदा मेस्सीलाई समेत पछाडि पारेर एमबाप्पेले गोल गर्दै टिमलाई जिताएका छन् । अब त्यो खेल एमबाप्पेले कतार विश्वकपको फाइनलमा देखाउन अनिवार्य छ ।

आफूलाई युवा उमेरमै महान खेलाडीसँग तुलना गरिनका लागि साथै आफूलाई प्रमाणित गर्न पनि फाइनलमा गोल गर्दै फ्रान्सका लागि लगातार दोस्रो र समग्रमा तेस्रो उपाधि जिताउनुपर्ने दबाब एमबाप्पेसामु छ ।

यद्यपी कतार विश्वकप अर्जेन्टिनाले जित्ने फिफाकै पूर्वानुमान र विश्व फुटबलका पारखीहरुको आशालाई कसैले भत्काएर आफ्नो नाम लेख्छ भने त्यो एमबाप्पे हुनेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki