Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बुटवलमा पौडेलविरुद्ध नाराबाजी

bk logo final png
  • बागलुङखबर
  • ९ मंसिर २०७९, शुक्रबार १८:२५
बुटवल, ९ मंसिर । रुपन्देही क्षेत्र नम्बर–२ मा मतगणना पुनः सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नाराबाजी गरेका छन् । उनीहरूले त्यहाँबाट उमेदवार रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध नाराबाजी गरेका हुन् ।

मतगणनास्थल बुटवल उपमहानगरपालिकाको कार्यालयबाहिर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । आयोगले मतपेटिकामा भएको मतपत्र संख्यालाई आधिकारिक मानेर मतगणना गर्न रुपन्देही–२ का निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यहाँ आज बिहान ५ बजेदेखि मतगणना रोकिएको छ । थोरै मतान्तरसहित पौडेलको अग्रता कायम छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार गणेश पौडेल छन् ।

मुचुल्कामा रहेको भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धनसहितका दलहरूले विरोध गरेपछि गणना रोकिएको हो । ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki