Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

घर फर्के बागलुङका म्यादी प्रहरी

bk logo final png
  • बागलुङखबर
  • ९ मंसिर २०७९, शुक्रबार १७:३९

बागलुङ, ९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भर्ती गरिएको बागलुङका म्यादी प्रहरी जिम्मेवारी सकेर घर फर्केका छन ।

जिल्ला प्रहरी कार्यालय बागलुङले एक कार्यक्रम गरी उनीहरुलाई विदाई गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले विदा हुने म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

आम निर्वाचनको लागि असोज २८ गते बागलुङमा एक हजार १३५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उल्लेख गर्नुभयो ।

जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या र्सिजना तथा विवाद र गुनासो नभएको उहाँको भनाई थियो । चालिस दिने कार्य अवधिमा सिकेको ज्ञान, सिप र तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा सुन्दरता भर्ने सिडियो ढकालको भनाई थियो ।

सुरक्षा बलको तालिमले मेहनत, परिश्रम, अनुशासन र समय व्यवस्थापन सिकाएको म्यादी प्रहरी पूर्णिमा विकले बताउनुभयो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएर घर फर्किदा खुसी लागेको विकले बताउनुभयो । ‘हामीले आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किएका छौँ’ उहाँले भन्नुभयो–‘तालिममा सिकेका ज्ञान, सिपलाई समाजको शान्ति सुरक्षा व्यवस्थापन, विवाद हल गर्न प्रयोग गछौँ ।

म्यादी प्रहरीले सुरक्षा व्यवस्थापनमा कुनै सकर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयाधिनी ज्ञवालीको भनाई थियो । विदाई भएका म्यादीलाई आफ्नो योग्दा अनुसार सुरक्षा बलमा जोडिन उहाँले आग्रह गर्नुभयो । ‘आजदेखि तपाईहरु पूर्वप्रहरी हो’ एसपी ज्ञवालीले भन्नुभयो–‘विना बर्दीको प्रहरी बनेर शान्ति सुरक्षा व्यवस्थापनमा योगदान गर्नुहोस ।’ विदाई क्रममा केक काटिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki