Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो साढे ३ बजेदेखि मतगणना हुने

bk logo final png
  • बागलुङखबर
  • ५ मंसिर २०७९, सोमबार १३:५४

 बागलुङ, ५ मंसिर। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को मत गणना आज दिउँसोबाट हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ मा राजनीति दल र उम्मेदवारका प्रतिनिधिसहितको सर्वदलिय बैंठकले आज दिउँसो ३ बजेर ३० मिनेटबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । मतगणना जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी, नेकपा एमालेका डा. सुर्यप्रसाद पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको मुख्य प्रतिस्पर्धा रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि बागलुङ १ मा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य (क) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा र नेकपा एमालेका हिरा बहादुर केसी विच मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (क)मा पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये १ जना स्वतन्त्र उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा सदस्य (ख) तर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका डिल्लीराम सुवेदी र नेकपा एमालेका नवराज पौडेल विच प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (ख) मा चार जनाको उम्मेदवारी परेको छ । बागलुङ क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता मध्य ५१ हजार ६ सय ६६ (५३.१ प्रतिशत) जनाले मतदान गरेका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को मत गणना दिउँसो ३ बजे देखि हुनेछ । मतगणना ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा हुने भएको छ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki