Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ निर्वाचन क्षेत्र २ मा दिउँसो ३ बजेदेखि मतगणना हुने

bk logo final png
  • बागलुङखबर
  • ५ मंसिर २०७९, सोमबार १३:१४

बागलुङ, ५ मंसिर । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को मत गणना आज दिउँसोबाट हुने भएको छ ।

मतगणनाका लागि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले राखेको राजनीति दल र उम्मेदवारका प्रतिनिधिसहितको सर्वदलिय बैंठकले आज दिउँसो ३ बजेबाट मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।

मतगणना ढोरपाटन नगरपालिका–१ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा हुने भएको छ । मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ । बागलुङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल र नेकपा एमालेका मञ्जु शर्मा चालिसेको मुख्य प्रतिस्पर्धा रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बागलुङ–२ मा ७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका जित बहादुर शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिको मुख्य प्रतिस्पर्धा रहेको छ । घर्तिलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यस्तै प्रदेशसभा सदस्य (ख) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दोर्ण कुमार कुँवर र नेकपा एमालेका लक्ष्मण पुनको मुख्य प्रतिस्पर्धा रहेको छ । प्रदेशसभा (ख) मा सात जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ जना स्वतन्त्र उम्मेदवार छन् ।

बागलुङ क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता मध्य ५१ हजार ३ सय ६९ (५३.७५ प्रतिशत)ले मतदान गरेका छन् ।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki