Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सुनसरीमा बम विष्फोट हुँदा बालिका घाइते, मतदान स्थगित

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १२:०२

विराटनगर, ०४ मङि्सर। सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। धमाधम मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो। 

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ। कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन। विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छन्। पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले सर्ट गरिरहेको छ।

मतदानस्थलमा विष्फोट भएपछि मतदाता त्रसित बनेका छन्। त्यहाँको मतदान तत्कालका लागि स्थगित गरिएको छ। उक्त मतदान केन्द्र सुनसरीको क्षेत्र नम्बर ३ मा पर्छ। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki