Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

एकदिवसीय सिरिज उपाधि नेपाललाई

bk logo final png
  • BAGLUNGKHABAR
  • २ मंसिर २०७९, शुक्रबार १९:२२

काठमार्डौं, २ मङ्सिर। ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एकदिवसीय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।


जितसँगै नेपालले तीन खेलको सिरिज २–१ ले जितेको हो । नेपाल पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको थियो । अघिल्ला दुई खेलमा कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालले तेस्रो तथा अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

जितका लागि यूएईले दिएको एक सय ७७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन बनाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले अविजित ८८ रन बनाएका थिए । एक सय १९ बलको सामना गरेका शेखले १२ चौकाको सहयोगमा अर्धशतकीय पारी खेलेका थिए । आशिफ ‘प्लेयर अफ दि म्याच’ भएका थिए ।

त्यस्तै ज्ञानेन्द्र मल्लले ७३ बलमा सात चौका र तीन छक्काको सहयोगमा ६४ रन, कप्तान रोहित पौडेलले १० रन बनाएका थिए भने ओपनर अर्जुन साउद नौ रनमा आउट भएका थिए । बलिङमा यूएईका हाजार्ट विलाल र आयान अफ्जल खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो । यूएईका लागि आयान अफ्जल खानले अविजित सर्वाधिक ५४ रन बनाए । १७ वर्षीय अलराउन्डर आयान  ‘प्लेयर अफ दि सिरिज’ बनेका थिए । उनले ५० हजार रुपियाँ पुरस्कार पाएका थिए । ।

यस्तै आलिसान सरफुले ३३, रोहन मुस्ताफाले २४, हाजार्ट विलालले अविजित २० र मुहमद वासिमले ११ रन बनाएका थिए । बलिङमा नेपालका गुल्सन झा, दीपेन्दसिंह ऐरी र कुशल भुर्तेलले दुई दुई विकेट लिएका थिए भने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki