Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उम्मेदवारका प्रतिनिधिमात्र मतदान केन्द्रमा बस्न पाउने

bk logo final png
  • BAGLUNGKHABAR
  • २ मंसिर २०७९, शुक्रबार १८:५७

 काठमाडौं, २ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान केन्द्रमा प्रतिनिधि राख्दा उम्मेदवारले मात्रै प्रतिनिधि राख्न पाउने निर्णय गरेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन संसोधनसहित स्वीकृत निर्देशिका पारित गर्दै प्रत्यक्षतर्फका उम्मेदवारका प्रतिनिधि मात्र राख्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले निर्वाचन आयोगबाट सबै प्रदेश तथा जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए। निर्देशनमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ ले मतदान केन्द्रमा मतदान प्रतिनिधि राख्दा प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमका उम्मेदवारको तर्फबाट मात्र सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरी राख सक्ने व्यवस्था गरेकोले सो बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’

नयाँ व्यवस्था अनुसार अब मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यमा उम्मेदवार नभएका राजनीतिक दलले प्रतिनिधिहरु राख्न नपाउने भएका छन् । उम्मेदवारको तर्फबाट सम्बन्धित उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान प्रतिनिधि नियुक्त गरेपछि मात्र बस्न पाउनेछन् ।

निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली यसअघि आयोगले सार्वजनिक गरेको थियो । प्रदेश तथा प्रतिनिधिसभाको ८२५ सिटका लागि १२ हजार बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगका अनुसार अबको निर्वाचनमा १२ हजार बढी उम्मेदवारलाई १ करोड ७९ लाख ८५ हजार ५७० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

आयोगको तथ्यांकअनुसार यसपटक १२ हजार ९३ उम्मेदवार छन् । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५५० सिटका लागि निर्वाचन हुन्छ । यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतिरको १६५ सिटका लागि २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाकै समानुपातिकतर्फको ११० सिटका लागि २ हजार ४०२ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ ।

प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ ।

देशैभरीका मतदाताका लागि १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रको व्यवस्थान गरिएको छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु लागेको आयोगले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki