Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इङल्याण्ड र पाकिस्तान बिचको उपाधि भिडन्त आज

bk logo final png
  • BAGLUNGKHABAR
  • २७ कार्तिक २०७९, आईतवार १०:५१

काठमाण्डाै, २७ कात्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । यसअघि सन् २०१० मा इंग्ल्याण्डले टी-२० विश्वकपको उपाधि जितेको थियो भने पाकिस्तानले सन् २००९ को विश्वकप उपाधि जितेको थियो।

दुवै टोली आ–आफ्नो समूहको उपविजेताको हैसयतमा सेमिफाइनल पुगेका थिए। यस्तोमा आइतबारको फाइनल खेलमा यी दुई टोलीबीच रोचक प्रतिस्पर्धा हुन सक्ने अनुमान छ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । पछिल्लो समय पाकिस्तान र इङ्ल्यान्डबीच सात वटा अन्तर्राष्ट्रिय टी–२० खेल भएकोमा इङ्ल्यान्डले ४ र पाकिस्तानले ३ वटा जितेको छ ।

मेलवर्न क्रिकेट मैदानमा वर्षा हुने सम्भावना ९५ प्रतिशत रहेको मौसदविदले बताएका छन्। यस्तोमा पहिलो प्राथमिकता आइतबार नै खेल छोट्याएर नतिजा निकाल्नु हुनेछ। यदि आइतबार खेल सुरु भयो तर पूरा हुन सकेन भने सोही अवस्थाबाट सोमबार खेल सुरु हुनेछ। सोमबार पनि पानी पर्ने सम्भावना समान छ। यसरी दुवै दिन पानीले खेल रोकिएको खण्डमा पाकिस्तान र इंग्ल्याण्ड संयुक्त विजेता बन्नेछन्।

यसअघि सन् २०१९ को विश्वकपमा भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल खेल पनि दुई दिन लगाएर पूरा गरिएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki