Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०७९, बुधबार ११:३८

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।

न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तान यस विश्वकपको सबैभन्दा भाग्यशाली टोली हो । यता केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले विश्वकपमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ ।

पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । सन् २००७ को फाइनलमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्ड गत वर्ष पहिलो पटक फाइनलमा पुग्दै अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।

पाकिस्तानले १९९२ को एकदिवसिय विश्वकप उपाधि जित्दा सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यो समय न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो ।

हेड टु हेड :

यी दुई देशबीच कुल २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki