Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता पक्राउ

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०७९, बुधबार ११:१८

बागलुङ, २३ कार्तिक । बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् ।

धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता गलकोट नगरपालिका–१ का ४५ बर्षिय दलसिंह खत्री, ३५ बर्षिय हरि नेपाली र ४५ बर्षिय कृष्ण बहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । उनीहरु नेकपा बहुमतमा आवद्ध रहेको तर पद नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कारको पोष्टार टाँस्दै हिडेका बागलुङ नगरपालिका–२ ट्राफिक चोकदेखि मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रनाउ थापाले बताए । उनले उनीहरुको साथबाट संघिय निर्वाचन बहिस्कार गरौं देखिएका पोष्टर र पर्चा बरामत गरिएको बताए । ‘निर्वाचन आचारसंहिता विपरीत निर्वाचन बहिस्कारको पोष्टर टाँस गरेका कारण पक्राउ गरिएको हो,’ प्रनाउ थापाले भने,‘उनीहरुको थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडी बढाउछौं ।’

विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टी र नेकपा (मशाल)ले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki