Skip to content

follow us

baglungkhabar.tv

21st April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भूकम्पले घर भत्किंदा डोटीमा ६ जनाको मृत्यु

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०७९, बुधबार ११:११
डोटी, २३ कार्तिक । डोटीमा भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा र उनकी छोरी १४ वर्षीया तुल्सी बोहरा, त्यसै गरी ४० वर्षीया भगवती बोहरा, उनका छोरा ८ वर्षीय हर्क बोहरा र १३ वर्षीया छोरी सीता बोहरा रहेका छन् । मृत्यु हुनेमा १४ वर्षीया धनसरी बोहरा रहेकी छन् ।

घाइते हुनेहरुमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महाबीर बोहरा, केशबसिं बोहरा र जगुदेवी बोहरा रहेका छन् । उक्त गाउँमा भुकम्पका कारण ८ घर पुर्णरुपमा भत्किएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।

अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki