Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

भूकम्पले घर भत्किंदा डोटीमा ६ जनाको मृत्यु

bk logo final png
  • BAGLUNGKHABAR
  • २३ कार्तिक २०७९, बुधबार ११:११
डोटी, २३ कार्तिक । डोटीमा भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ७ जना घाइतेहरुमध्ये ४ जनाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने अन्य ३ जना सामान्य घाइते भएका कारण गाउँमै उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा र उनकी छोरी १४ वर्षीया तुल्सी बोहरा, त्यसै गरी ४० वर्षीया भगवती बोहरा, उनका छोरा ८ वर्षीय हर्क बोहरा र १३ वर्षीया छोरी सीता बोहरा रहेका छन् । मृत्यु हुनेमा १४ वर्षीया धनसरी बोहरा रहेकी छन् ।

घाइते हुनेहरुमा इशरादेवी बोहरा, धौली बोहरा, बिस्ना बोहरा, चनादेवी बोहरा, महाबीर बोहरा, केशबसिं बोहरा र जगुदेवी बोहरा रहेका छन् । उक्त गाउँमा भुकम्पका कारण ८ घर पुर्णरुपमा भत्किएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएको भाटले जानकारी दिएका छन् । भूकम्पबाट त्रसित भएका स्थानीयहरुको व्यवस्थापनको लागि नेपाल रेडक्रसको टिम समेत परिचालित भएको छ । उनीहरुको खान र बस्नको व्यवस्थापन गाउँकै नजिक भइरहेको प्रहरीले जनाएको छ ।

अहिले उद्धार टोलीले भत्किएको तथा चर्किएका घरहरुबाट लत्ताकपडा, अनाज, भाँडाकुडा लगायतका सामग्री सुरक्षित स्थानमा ओसारिरहेको छ । घरमा च्यापिएर दर्जनौंको संख्यामा पशु चौपायहरु समेत मरेका बताइएको छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किनुका साथै चर्किएका छन्, स्थानीय त्रसित देखिएका छन् । भूकम्पका कारण सो क्षेत्र तथा सायल गाउँपालिका क्षेत्रका ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki