बाग्लुङ, ११ अशोज । मंगलबार दिउसो एक कार्यक्रमका बिच मूर्ति भित्र्याउने काम सम्पन्न भएको छ । बाग्लुङ् नगरपालिका वडा न. ९ तित्याङ् गामामा आज एक कार्यक्रमका बिच मूर्ति राख्ने काम सम्पन्न भएको हो ।

मन्दिर बनाउने काम पहिलै सम्पन्न भएपनि त्यसभित्र मूर्ति राख्ने काम भने बाँकी रहेको थियो । आज एक कार्यक्रमका बिचमा भजनकीर्तन सहित सो काम पनि सम्पन्न भएको छ ।

गाँउका युवा तथा अग्रज व्यक्तिहरु मिलेर सहयोग रकम सङ्कलन गरी मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणमा नगरपालिका, वडा तथा कुनै पनि राजनैतिक दलको सहयोग नभई स्थानीय व्यक्तिहरुको सक्रिय सहभागितामा गाँउमै चन्दा सङ्कलन गरी निर्माण गरिएको कुरा स्थानीय समाजसेवी व्यक्तित्व प्रकाश के.सी ले जानकारी दिनुभयो ।

मन्दिर निर्माण गर्न तथा मूर्ति भित्र्याउने कार्यमा गाँउका सबै व्यक्तिहरु, आमासमूह सबैले सरसहयोग गरेका थिए ।कार्यक्रममा गाँउका सबैको सक्रिय सहभागिता रहेको थियो । सो कार्यक्रम रबिन के.सी को अध्यक्षतामा सम्पन्न भएको थियो ।









