Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

  • दिवश गुरुङ
  • २७ भाद्र २०७९, सोमबार १३:००
तस्विरः सन्दिप शर्मा

ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनावरको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गर्छ र प्रतिस्पर्धाको आधारमा शिकार गराउँछ ।

तस्विरः सन्दिप शर्मा

ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको छ ।

ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, घुस्तुङ गरी ७ वटा ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

तस्विरः सन्दिप शर्मा

रुपवती ढोरपाटन
त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन कम्ता रुपवती छैन । वर्षायाममा अनन्तसम्म देखिने फाँट वनफूलले ढकमक्क हुन्छ । त्यही फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै लाग्छ । यहाँको मौसम पनि बडो बिचित्रको छ । क्षणमै छ्याङ्ग आकास खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ ।

उत्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह मन्दिर धार्मिक हिसाबले प्रसिद्ध तीर्थस्थल हो । जनै पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ ।

ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ ।

बुकी : एक रोमाञ्चक यात्रा
बुकी यात्रा नगरी ढोरपाटन घुम्नुको के अर्थ ? वर्षायाम सुरु भएपछि फाँटमा गाईवस्तुका लागि पर्याप्त चरण क्षेत्र हुँदैन । त्यसैले ढोरपाटनका गोठालाहरु वर्षायाम सुरु हुनुअघि नै गाईवस्तु धपाउँदै लेकतर्फ उक्लन्छन् । यसैलाई रैथाने भाषामा ‘बुकी उक्लनु’ भन्छन् ।

तस्विरः दिवश गुरुङ

वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र ढोरपाटन फर्कन्छन् । बुकी परम्परा, गोठाला जनजीवनलाई नजिकबाट नियाल्न बुकी यात्रा एक रोमाञ्चक अवसर हुनसक्छ ।

ढोरपाटन प्रवेशअघि त्यहाँको मुख्य कार्यालयमा रहेको सूचना केन्द्र, संग्रहालयमा भने पुग्नु उपयुक्त हुन्छ ।

कुन याममा ढोरपाटन पुग्ने ?
हरेक याममा ढोरपाटन पुग्दा फरक फरक स्वाद भेटिन्छन् । रंगीचंगी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्य हेर्नका लागि मनसुनमा ढोरपाटन उक्लनुपर्छ । शरद ऋतुमा माथि डाँडाहरु उक्लेर सुन्दर धौलागिरी, गुर्जा र चुरेन हिमालहरु नियाल्न सकिन्छ । जाडो याममा हिउँले ढाकिएका सुन्दर फाँटहरु झन् लोभलाग्दा देखिन्छन् ।

तस्विरः दिवश गुरुङ

ढोरपाटनमा कहाँ बस्ने ?
ढोरपाटनमा विभिन्न गाउँहरुमा होमस्टे र होटलहरु सञ्चालनमा छन् । दि ब्लुसिप होटल, स्याउबारी थकाली भान्छा घर, सामुदायिक होटल, पाँखाथर होमस्टे आदिमा अर्गानिक खाना, आतिथ्य सत्कार र सुविधा सम्पन्न कोठाको व्यवस्था छ । सिजनको समयमा पहिले नै खबर गरेर पुग्दा धेरै सजिलो हुन्छ ।

ढोरपाटन कसरी पुग्ने ?
देशका मुख्य शहरहरु काठमाडौं, पोखरा लगायत विभिन्न ठाउँहरुबाट ढोरपाटन सजिलै पुगिन्छ । पोखराबाट मध्यपहाडी राजमार्गलाई पछ्याउँदै बस, गाडी वा बाइकमा पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट ढोरपाटनको ३० कि.मी. कच्ची बाटो जीप वा बाइकमा करिब दुई घण्टामा पुगिन्छ ।

-अनलाईनखबरबाट साभार ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki