Skip to content

follow us

baglungkhabar.tv

24th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिया कपको उपाधि श्रीलंकालाई

bk logo final png
  • Baglungkhabar
  • २७ भाद्र २०७९, सोमबार ११:५१

काठमाडौं, भदौ २७। श्रीलंकाले एसिया कपको उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले २०१४ पछि एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले २०१४ को एसिया कप र टि२० विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

आइतबार राती जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा आउट भए । इफ्तिखार अहमदले ३२ रन बनाए । अन्य कुनैपनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । चामिका करुणारत्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षे ४५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे । राजपक्षेले १८ औं ओभरको चौथो बलमा ब्यक्तिगत ४६ रनमा शादब खानले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।

वानिन्दु हसरंगा २१ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । एक समय ५८–५ को खराब अवस्थामा पुगेको श्रीलंकालाई छैटौं विकेटका लागि राजपक्षे र हसरंगाले ३६ रनमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागन गराएका थिए । पाकिस्तानका तीव्र गतिका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

श्रीलंकाले २०१४ को टि२० विश्वकपको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । त्यसपछि भने अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले लगातार खराब प्रदर्शन गर्दै आएको थियो । २०१५ को एकदिवसिय विश्वकपमा क्वाटरफाइनल र २०१९ को एकदिवसिय विश्वकपमा श्रीलंका पहिलो चरणबाटै बाहिरिएको थियो ।

भारतले सर्वाधिक ७ पटक एसिया कप जितेको छ । श्रीलंकाले ६ र पाकिस्तानले दुई पटक उपाधि जितेको छन् । श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । १९९७ मा भारतलाई फाइनलमा ८ विकेटले हराउँदै जितेको थियो ।

२००४ र २००८ मा भारतलाई नै लगातार हराउँदै उपाधि जितेको थियो । पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै उपाधि जितेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङले पायो दुई मन्त्री

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

नेपाली खाना पकाउने तालिम मंगलबारबाट बागलुङमा सुरु

भर्खरै

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki