Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्कटल्यान्डविरुद्ध नेपाल ५ विकेटले विजयी

  • २९ असार २०७९, बुधबार २२:१७

काठमाडौं, २९ असार । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई‍ ५ विकेटले हराएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन ।

शानदार बलिङ प्रदर्शन गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले अर्धसतकीय पाली खेल्दै ७१ रन बनाए । कुशल भुर्तेलले २७ र रोहित पौडेलले अविजित रहँदै ३४ रन जोडे । नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको थियो । त्यसपछि दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्‍यो । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले चौथो अर्धसतक बनाएका हुन् । आसिफले ६३ बलमा एक छक्का र १० चौका प्रहार गरे। देव खनाल ४, दिपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख एक रन जोडेर आउट भए ।

त्यसअघि टस जितेर पहिला बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई ४२ ओभर ५ बलमा एक सय ४४ रनमा अलआउट गरेको हो । स्कटल्यान्डलाई सस्तोमा समेट्न आदिल आलम र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र करन केसीले एक एक विकेट हात पारे ।

४ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्ड त्यसपछि ३३-५ को कमजोर अवस्थामा पुगेको थियो। स्कटल्यान्डले सातौँ विकेटका लागि १९ , आठौँ विकेटका लागि १४ , नवौँ विकेटका लागि १६ र १० औँ विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो ।

घरेलु टोलीका तल्लोक्रमका गाभिन मैनले सर्वाधिक ६४ रन जोडे । उनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । मध्यक्रमका मार्क वाटले सर्वाधिक १७ रन जोडे । अनुभवी कायल कोएट्जर ४, विकेटकिपर मार्क क्रस २, कप्तान रिची बेरिङ्टन ३ र जर्ज मुन्सी ४ रन जोडेर आउट भए । स्कटल्यान्डको शीर्ष ६ ब्याट्सम्यानमध्ये क्यालम म्याकलियोडले मात्र १३ रनसहित दोहोरो अंकमा रन जोड्न सके। सोमपालले १० ओभरमा ४० र आदिलले १० ओभरमा ३१ रन खर्चिएका थिए । सन्दीपले १० ओभरमा ३५ रन दिए । स्कटल्यान्डका शीर्ष ४ मध्ये तीन ब्याट्सम्यानलाई सोमपालले आउट गरेका थिए ।

जितसँगै नेपाल १८ खेलबाट १७ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । स्कटल्यान्ड २२ खेलबाट ३० अंक जोडेर दोस्रोमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियोभने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

नेपालले अब तेस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ । शृंखलाको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki