Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

स्कटल्यान्डविरुद्ध नेपाल ५ विकेटले विजयी

  • २९ असार २०७९, बुधबार २२:१७

काठमाडौं, २९ असार । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई‍ ५ विकेटले हराएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन ।

शानदार बलिङ प्रदर्शन गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा आरिफ शेखले अर्धसतकीय पाली खेल्दै ७१ रन बनाए । कुशल भुर्तेलले २७ र रोहित पौडेलले अविजित रहँदै ३४ रन जोडे । नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको थियो । त्यसपछि दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्‍यो । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले चौथो अर्धसतक बनाएका हुन् । आसिफले ६३ बलमा एक छक्का र १० चौका प्रहार गरे। देव खनाल ४, दिपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख एक रन जोडेर आउट भए ।

त्यसअघि टस जितेर पहिला बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई ४२ ओभर ५ बलमा एक सय ४४ रनमा अलआउट गरेको हो । स्कटल्यान्डलाई सस्तोमा समेट्न आदिल आलम र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र करन केसीले एक एक विकेट हात पारे ।

४ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्ड त्यसपछि ३३-५ को कमजोर अवस्थामा पुगेको थियो। स्कटल्यान्डले सातौँ विकेटका लागि १९ , आठौँ विकेटका लागि १४ , नवौँ विकेटका लागि १६ र १० औँ विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो ।

घरेलु टोलीका तल्लोक्रमका गाभिन मैनले सर्वाधिक ६४ रन जोडे । उनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए । मध्यक्रमका मार्क वाटले सर्वाधिक १७ रन जोडे । अनुभवी कायल कोएट्जर ४, विकेटकिपर मार्क क्रस २, कप्तान रिची बेरिङ्टन ३ र जर्ज मुन्सी ४ रन जोडेर आउट भए । स्कटल्यान्डको शीर्ष ६ ब्याट्सम्यानमध्ये क्यालम म्याकलियोडले मात्र १३ रनसहित दोहोरो अंकमा रन जोड्न सके। सोमपालले १० ओभरमा ४० र आदिलले १० ओभरमा ३१ रन खर्चिएका थिए । सन्दीपले १० ओभरमा ३५ रन दिए । स्कटल्यान्डका शीर्ष ४ मध्ये तीन ब्याट्सम्यानलाई सोमपालले आउट गरेका थिए ।

जितसँगै नेपाल १८ खेलबाट १७ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । स्कटल्यान्ड २२ खेलबाट ३० अंक जोडेर दोस्रोमा छ । नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियोभने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

नेपालले अब तेस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ । शृंखलाको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २२ खेलमा १४ मा जित र ६ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारका साथ १७ अंक जोड्दै पाँचौं स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki