Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ बजारमा बलेवा एकताको सेवा केन्द्र उद्घाटन

bk logo final png
  • बागलुङ खबर
  • २ बैशाख २०७९, शुक्रबार ०८:१२

बागलुङ, २ बैशाख । बागलुङ नगरपालिका, १४ नारायणस्थानमा प्रधान कार्यालय रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट आफ्ना सेवा दिन सुरु गरेको छ । बागलुङ बजारमा सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले सेवा दिन थालेको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघकी सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमाकुमारी जिसीले सहकारीले आफ्ना सदस्यहरुसँग मात्रै कारोवार गर्नुपर्नेमा जोड दिईन् । उनले ग्रामिण क्षेत्रमा स्थापना भएर शहरी क्षेत्रमा सेवा केन्द्र बिस्तार गर्नसक्नु बलेवा एकताको सफलता भएको बताईन् ।

सहकारीले स्थापना गरेको यो तेस्रो सदस्य सेवा केन्द्र हो । यसअघी अमलाचौर र पैञ्युपाटामा सेवा केन्द्र स्थापना गरेर सहकारीले सेवा दिँदै आएको छ । २ करोड २५ लाख शेयर पूँजी रहेको सहकारीको बचत २३ करोड र ऋण लगानी पनि २३ करोड रहेको प्रबन्ध भरत पौडेलले बताए । बिहिबार सदस्य सेवा केन्द्रको उद्घाटन समारोह सदस्य सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा गणेशको अध्यक्षता, उपाध्यक्ष टिकाराम शर्माको स्वागत र सचिव तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सहकारीले ३० वटा भन्दा धेरै बिप्रेसण कम्पनीहरुसँग कारोवार समेत गर्दै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki