Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिग फुटबलः कालिका भगवती फाइनलमा प्रवेश

  • अर्जुन कार्की
  • २ चैत्र २०७८, बुधबार २०:४७

बागलुङ, २ चैत । कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार समुह ‘क’ को अन्तिम खेलमा गुठी युनाईटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती फाइलनमा पं्रवेश गरेको हो । गुठीले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा फाइनल पुग्ने मौका गुमायो ।

खेलको १२ औं मिनेटमा कर्नर बललाई हेडिङबाट गोल गर्दै अविशेषक बोहोराले गुठीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको गुठीले दोस्रो हाफमा राम्रो मौका पाएपनि गोल गर्न भने सकेन् ।

पहिलो हाफमा १ गोलले पछि परेको कालिका भगवतीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । खेलको ५९ औं मिनेटमा कालिका भगवतीका मनिष श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मनिषले नै खेलको ८१ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो । मनिषले खेलको ८२ औं मिनेटमा गुठीका किपरबाट विट गर्दै ब्याकहिल गोल गर्दै कालिका भगवतीलाई २–१ को जित दिलाए ।

कालिका भगवतीले लिगको ३ खेलमा २ जित र १ बराबरी सहित ७ अंक प्राप्त गर्दै समुहको शिर्षस्थानमा रहयो भने गुठीले १ जित १ बराबरी र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।

यस्तै रामरेखा युवा क्लबले लिगको आफ्नो अन्तिम खेलमा पावर फिटनेश क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ । रामरेखाको जितमा कप्तान गणेश चोखालले २, अभिशेक पुन र हेनसन बोहोराले १–१ गोल गरेका थिए । कप्तान चोखालले खेलको पहिलो मिनेट र ६१ औं मिनेटमा गोल गरेका थिएभने अभिषेक पुनले खेलको तेस्रो मिनेट र हेनसन बोहोराले ६४ औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम खेलमा जित हात पारेको रामरेखाले ३ खेलमा १ जित, बराबरी र १ हार सहित ४ अंकका साथ समुहको तेस्रो स्थान र पावर फिटनेस क्लबले १ खेलमा बराबरी र २ खेलमा हार बेहोर्दै १ अंकका साथ लिगको अन्त्य गरेका छन् ।

प्रतियोगिता अन्तरगत बिहिबार समूह ‘ख’का लिगका अन्तिम खेल हुनेछन् । बुधबार समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र बाल जीवन खेलकुद क्लबका विच हुनेछभने दोस्रो खेल विर गोर्खाली युवा र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो । समुह ‘ख’बाट फाइनल पुग्न बाल जीवन खेलकुद क्लबलाई बराबरी खेले पुग्नेछ । बाल जीवन दुई खेलमा ६ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छभने ३/३ अंकका साथ विर गोर्खाली युवा क्लब दोस्रो र बागलुङ कालिका युवा क्लब तेस्रो स्थानमा रहेका छन् । यस्तै चौथो स्थानमा रहेको रुद्रेपिपल युवा क्लबले दुई खेलमा पराजित हुँदै कुनै अंक प्राप्त गरेको छैन ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली लिगमा छनोट हुन सफल भएका थिए । प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुने छ ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki