Skip to content

follow us

baglungkhabar.tv

31st July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला लिग फुटबलः बिर गोर्खाली र बाल जीवनको विजयी सुरुवात

  • अर्जुन कार्की
  • २९ फाल्गुन २०७८, आईतवार २०:३५

बागलुङ, २९ फागुन । बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बिर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लबले विजयी सुरुवात गरेका छन् ।

आईतबार भएको समुह ‘ख’को पहिलो खेलमा बिर गोर्खाली युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । बिर गोर्खालीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६६ औं मिनेटमा बिर गोर्खालीका कप्तान प्रमल थापाले रुद्रेपिपलका गोलकिपर जोनाथन बोहोराबाट रिबाउन्ड भएर आएको बललाई डिबक्सबाट गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बिर गोर्खालीको लागि खेलको ७२ औं मिनेटमा सञ्जय महतले गोल गर्दै जित सुनिश्चित गरेका थिए । जितपछि बिर गोर्खालीले तीन अंक प्राप्त गर्दै आफ्नो समुहको दोस्रो स्थानमा रहेको छ । उक्त खेलको म्यान अफ दि म्याच बिर गोर्खाली युवा क्लबका टिटस विक घोषित भएका थिए ।

यस्तै आजै भएको दोस्रो खेलमा बाल जीवन खेलकुद क्लबले मोहन थापाको ह्याट्रिक गोलको मद्धतमा बागलुङ कालिका युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै सुखत सुरुवात गरेको छ । सुरुवातदेखि नै आक्रमक खेल प्रस्तुत गरेको बाल जीवनले खेलको १२ औं मिनेटमा अजय पुनको गोलबाट अग्रता लिएको थियो । बाल जीवनको लागि खेलको २१ औं मिनेटमा सुजित राजकोटीले काउन्टर अट्याकमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० गोलले अग्रता बनाएको बाल जीवनले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दिएको थियो । खेलको म्यान अफ दि म्याच घोषित भएका बाल जीवनका मोहन थापाले खेलको ४६ औं, ५१ औं र ५८ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गर्न सफल भए । बागलुङ कालिकाको लागि खेलको ६३ औं मिनेटमा युवेश थापाले पेनाल्टीबाट गोल गरेका थिए । बाल जीवनका गोल रक्षक सौगात खड्काले बागलुङ कालिकाका खेलाडीलाई डिबक्स एरियामा फल गरेपछि प्राप्त गरेको पेनाल्टीलाई थापाले गोलमा परिणत गरेका थिए ।

यस्तै खेलको ७७ औं बाल जीवनका गोलकिपर खडका अगाडी बढेको अवस्थामा बागलुङ कालिकाका सचिन केसीले उत्कृष्ट गोल गर्दै गोलअन्तर घटाएका थिए । निर्धारित समयमा दुवै टिमबाट अन्य गोल नभएपछि बाल जीवनले जित सहित ३ अंक प्राप्त गरि समुहको शिर्ष स्थानमा उक्लिएको छभने बागलुङ कालिका युवा क्लब समुहको पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तरगत अन्तरगत सोमबार समूह ‘क’का दोस्रो चरणका खेलहरु हुनेछन् । सोमबारसमूह ‘क’को पहिलो खेल गुठी युनाइटेड क्लब र पावर फिटनेस क्लब विच हुनेछभने दोस्रो खेल रामरेखा फुटबल क्लब र कालिका भगवती युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।

लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

उच्च अदालत पोखरा बागलुङ इजलासको ६५ प्रतिशत मुद्दा फछ्र्यौट

भैरवस्थानमा हरेलो मेला

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki