Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

बागलुङमा जिल्ला लिग फुटबल सुरु, पहिलो दिन दुई खेल सम्पन्न

  • अर्जुन कार्की
  • २८ फाल्गुन २०७८, शनिबार २१:००

बागलुङ, २८ फागुन । बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन शनिबार दुई खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा गुठी युनाइटेड क्लब र रामरेखा फुटबल क्लबले १–१ गोल बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । गुठी युनाइटेडको लागि सुदिप श्रेष्ठले खेलको ८६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएपनि त्यो अग्रता दुई मिनेट पनि टिकेन । रामरेखा फुटबल क्लबका सागर बानियाँले खेलको ८८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए । दुवै टिमले १/१ अंक प्राप्त गरेका छन् ।

उक्त खेलको म्यानअफदि म्याच रामरेखाका गोलकिपर सुजन किसान घोषित भएका थिए ।

यस्तै आज भएको दोस्रो खेलमा पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा पावर फिटनेसले बराबरीमा खेलको अन्त्य गरेको हो ।

खेलको २२ औं मिनेटमा सन्दिप विकले गोल गर्दै पावर फिटनेशलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा पावर फिटनेशले पेनाल्टी प्राप्त गरेपनि अनुपम श्रेष्ठको प्रहार बारमा लाग्दै बाहिरिएपछि अग्रता दोब्बर गर्ने मौका गुमाएको थियो । पहिलो हाफ १ गोलले पछि परेको कालिका भगवतीको लागि खेलको हाफको ५५ औं मिनेटमा रोशन लामिछानेले गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

दोस्रो हाफको ८० औं मिनेटमा पावर फिटनेशका गोलकिपर विट भइसकेको अवस्थामा गोललाइनबाट विकास थापाले हातले बल जोगाएपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । उक्त फलमा कालिका भगवतीले प्राप्त गरेको पेनाल्टीमा गणेश लामिछानेको प्रहार बाहिरिएपछि अन्तिम समयमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो । खेलको निर्धारित समयसम्म दुवै टिमबाट अन्य गोल नहुँदा १–१ अंक बाँडेका छन् ।

खेलको म्यानअफदि म्याच पावर फिटनेश क्लबका अनुपम श्रेष्ठ घोषित भएका थिए ।

प्रतियोगिता अन्तरगत अन्तरगत आईतबार समूह ‘ख’का खेलहरु हुनेछन् । समूह ‘ख’को पहिलो खेल रुद्रेपिपल युवा क्लब र विर गोर्खाली युवा क्लब विच हुनेछभने दोस्रो खेल बाल जीवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब विच हुने संघका महासचिव जय राजभण्डारीले बताउनुभयो ।

लिगमा ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि लिग संचालन गरिएको छ । समूह ‘क’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, पावर फिटनेस क्लब र कालिका भगवती युवा क्लब छन् । रुद्रेपिपल युवा क्लब, बिर गोर्खाली युवा क्लब, बाल जिवन खेलकुद क्लब र बागलुङ कालिका युवा क्लब समूह खमा छन् ।
राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल हुनेछ । जिल्ला फुटबल संघले लिगको लागि नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । त्यसबाट शीर्ष ३ टोली रामरेखा फुटबल क्लब, बिर गोर्खाली युवा क्लब र गुठी युनाइटेड क्लबले यस वर्षको लिगमा छनोट हुन सफल भएका थिए ।
लिग विजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने बताइएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki