Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कांग्रेसमा गुटैगुटको जञ्जाल : स्थापनाकालदेखिकै नालीबेली !

bk logo final png
  • बागलुङ खबर
  • २४ मंसिर २०७८, शुक्रबार ०८:०९

काठमाडाैं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार उद्घाटन हुँदैछ तर अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत राजनीति ।

कांग्रेसमा मुख्य गरी २ गुट छन् – सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका । देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला ।

देउवा र पौडेल पक्षमा पनि उपगुटहरू हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला–बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता छन् जो कोइराला परिवारको प्रतिनिधि पात्र मात्रै अगाडि उभ्याइदिए पनि जिताउन मरिमेट्छन् । देउवा पक्षबाट अलग्गिएर विमलेन्द्र निधिले आफ्नै गुट बनाएका छन् ।

विश्लेषक कृष्ण खनाल कांग्रेसको राजनीति १४औं महाधिवेशनमा देउवा र पौडेलमा गएर नरोकिने बताउँछन् । ‘जति गुट बढ्छन् त्यति नै तिक्तता पार्टीमा देखिन्छ । पार्टी फुट्ने खतरा बढ्न सक्छ,’ विश्लेषक खनाल भन्छन्, ‘१४औं महाधिवेशनमा आइपुग्दा दोस्रो पुस्ताका नेतालाई कार्यकर्ताले रुचाएको देखिन्छ । यद्यपि युवाले आफू पदाधिकारीमा लड्ने आँट नगरे पनि वैकल्पिक नेतृत्व खोजेको देखिन्छ ।’

भारतको कलकत्तास्थित महावीर शमशेरको टाइगर प्यालेसमा २००६ चैत २७ गते पार्टी स्थापना हुँदा नै ‘गुटहरूबीचको मिलन’ भनी व्याख्या गरिएको थियो । त्यतिबेला बीपी कोइराला र डिल्लीरमण रेग्मी ‘दुई गुट’ मिलेर नेपाली कांग्रेस पार्टी स्थापना भएको कांग्रेसकै पुराना नेता बताउँछन् । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि नै कोइराला र रेग्मीले गुट चलाएका थिए ।

गुटकै कारण २ पटक ठूला विभाजन खेप्नुपर्‍यो । दुवै पटक कांग्रेसले नै सरकारको नेतृत्व गरेको थियो । पहिलो पटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने बीपी कोइराला पार्टी सभापति । दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने गिरिजाप्रसाद कोइराला सभापति । कोइराला २०५७ सालमा पोखरामा भएको १०औं महाधिवेशनमा देउवालाई पराजित गरी सभापति भएका थिए ।

जतिबेला माओवादी द्वन्द्व चरम अवस्थामा थियो । पार्टीले देउवालाई २०५९ सालमा संकटकाल नथप्न निर्देशन दियो । देउवाले निर्देशन अवज्ञा गर्दै संकटकाल लम्ब्याए । केन्द्रीय कार्यसमितिमा कोइराला बहुमतमा थिए । उनले पार्टी बैठक राखेर देउवालाई कारबाही गरे । देउवाले २०५९ असार ४ गते बानेश्वरमा आफूनिकट कार्यकर्ताको भेला गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठनको घोषणा गरे ।

त्यतिबेला देउवालाई गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्कालगायत नेताले साथ दिए । त्यसको ५ वर्षपछि दुवै कांग्रेसबीच एकता भयो र कोइराला नै सभापति कायम रहे ।

कांग्रेस नेता पुरञ्जन आचार्यका अनुसार २००७ सालको क्रान्तिलगत्तै पार्टीमा मातृकाप्रसाद कोइराला र बीपी गुट देखियो । सहोदर दाजुभाइ मातृका र बीपीबीचको गुटबन्दीले अन्ततः पार्टी विभाजन नै भयो तर त्यसपछि कायम गरेको एकताका कारण कांग्रेस २०१५ सालको आमचुनावमा विजय हुन सफल भएको थियो तर २०१७ पुस १ गते पार्टी सत्ताच्युत र प्रतिबन्धित भयो तर प्रतिबन्धकालमा पनि बीपी र सुवर्णशमशेर राणा गुट देखापरे ।

‘बीपी र सुवर्णबीच प्रजातान्त्रिक संघर्षको सञ्चालन, राष्ट्रिय मेलमिलापको नीति, राजासँग सम्बन्धका विषयमा मतान्तर देखिँदै आएको थियो,’ आचार्य भन्छन्, ‘बहुदलीय व्यवस्था पुनःस्थापनापछि प्रतिबन्धकालको गुटबन्दी फेरि देखियो। नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच मतभेद थियो ।’

कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका अनुसार नेताहरूबीच बोलचालै छैन भनिन्थ्यो । ‘कार्यकर्तामा भ्रम हुन्थ्यो । उहाँहरू आपसमा भने सँगै बस्ने फोटो खिच्ने पनि गर्नुहुन्थ्यो,’ नेता कँडेल भन्छन्, ‘गुटले पदप्रतिको मोह बढेको प्रस्ट हुन्छ । जो शक्तिमा हुन्छ त्यो गुट झन् बलियो लाग्छ । यो संस्कार भने राजनीतिमा खराब छ ।’

गुटकै कारण सिंह र भट्टराई पार्टी परित्याग गर्ने अवस्था आयो । यस्तै गिरिजा र देउवाबीच पनि गुटगत लडाइँकै कारण पार्टी विभाजन हुन पुग्यो ।

बीपीको निधनपछि देखिएका ३ गुट भट्टराई रहुञ्जेल यथावत रह्यो तर सुशील कोइरालाको निधनपछि कांग्रेसमा ३ गुट प्रस्ट रूपमा सतहमा आएका छन् । ती हुन् देउवा, पौडेल र सिटौला गुट । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki