Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा कृषिमा यान्त्रिकरण : गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

  • ८ मंसिर २०७८, बुधबार ०८:१८

बागलुङ, ८ मंसिर । बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन् ।

विगतका वर्षहरूमा खेतीपातीको लागि उनको कृषि समूहमा एक हल गोरु थियो । यसवर्ष दुवै जनाले गोरु बचे । जोत्ने विकल्पको रूपमा मिनी टेलरलाई रोजे । ‘घरमा केटाकेटी छैनन्, बुढाबुढीले के-के पाल्ने’, आलेले भने, ‘छिटो मिठो मिनी टेलर हुनेरैछ ।’ खनजोतको दुःख, खेतालालाई खाजा सबै खर्चको जोडजाम गर्दा गोरुको प्रयोगभन्दा मिनी टेलर सस्तो पर्ने उनको भनाइ छ ।

गाउँमा घण्टाको ६०० रुपैयाँ तिरेर जोत्ने गरेको सोही गाउँकी कौशिला विकले बताइन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको विकको भनाइ छ । ‘अहिले गोरु पाउनै मुस्किल छ’, विकले भनिन्, ‘गोरुले नै जोत्ने गरी पर्खने हो भने समय ढल्किन्छ ।’

अहिले गाउँगाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् ।

‘गोरुको प्रयोग गरेर गहुँ छर्दा जोत्ने र खन्ने गर्नुपर्छ’, विकले भनिन्, ‘मिनी टेलरले जोत्दा खन्नु पर्दैनन्, माटो मसिनो बनाएर जोत्ने रैछ ।’

कृषि ज्ञान केन्द्र बागलुङले पनि कृषिमा यान्त्रिकरणमा जोड दिएको छ। कार्यालयले गतवर्ष जिल्लाभरका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलो वितरण गरेको थियो । चालु आर्थिक वर्षमा पनि कृषि यान्त्रिकरण शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत कुमार पुनले जानकारी दिए ।

कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने उनले बताए । योवर्ष २६० वटा आवेदन परेका छन् । उक्त आवेदनको आधारमा आवश्यकता हेरी कृषि औजार वितरण गर्ने उनको भनाइ छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने उनले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki