बागलुङ, ६ असोज ।बागलुङमा हँसिया प्रहार गरि एक जना घाइते भएका छन् ।
बागलुङ नगरपालिका–३ देउरालीचोक सिन्धुपाल्चोक घर भइ हाल बागलुङ बजार बस्ने टिकाराम राईले हँसिया प्रहार गर्दा सिन्धुपाल्चोक घर भएका सोमबहादुर श्रेष्ठलाई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
हँसिया प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रण लिइएको छभने अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइने बताइएको छ ।







