Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जैमिनीमा सिँचाइ नहर छैन, उपभोक्ता हैरान

  • २ मंसिर २०७८, बिहीबार १५:२४

बलेवा, २ मंसिर । जैमिनी नगरपालिका–१ को टिमुरखोला सिँचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उहाँ बजेटका लागि खोजीमा धाउँदा हैरान भइसक्नुभयो ।

विसं २०६० देखि साना–साना बजेटले काम गर्नुपर्दा यो आयोजना अन्योलमा परेको हो । सिँचाइ अभावमा ५१ हेक्टर क्षेत्रफलको खेतीपातीमा समस्या परेको छ । योजना स्वीकृत भएको सुरुआती वर्षमा चार÷पाँच लाखका दरले रकम पनि विनियोजन भयो । रु एक करोड २५ लाख लागत स्टिमेट गरिएको टिमुरोला कुश्मीसेरा सिँचाइ आयोजना अझै बनिसकेको छैन ।

झण्डै तीन किमी लामो नहरबाट यहाँको टार र छ सय भन्ने स्थानमा सिँचाइ गर्ने योजना बनेको थियो । उक्त योजनानुसार काम सुरु भएपछि लामो समय बजेट नआएर उपभोक्ता हैरान भएका छन् । “अठार वर्ष भयो, कामको ५० प्रतिशत पनि सकिएको छैन”, उपभोक्ता समितिका अध्यक्ष मोतीप्रसाद पौडेलले भन्नुभयो, “कहिले सकिएला र सहज सिँचाइ गर्न पाइएला ।” सिँचाइ अभावमा किसानले कतिपय खेतबारी बाँझै राख्नुपरेको गुनासोसमेत गर्नुभयो । यो योजना बनेमा ५१ हेक्टरमा थप १५ हेक्टर पनि सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो ।

यो आयोजनास्थलमा किसानले वर्षात्मा धान लगाउँछन् भने हिउँदमा मुलाको बीउ तथा तरकारी खेती गर्छन् । तर पर्याप्त सिँचाइ नभएर उत्पादन लिन नसकेको उपभोक्ता उमाकान्त शर्माले बताउनुभयो । केही स्थानमा किसानले आफ्नै खर्चमा खोलाको पानी पम्प गरेर तान्छन् । तर दिगो नभएको उहाँले बताउनुभयो । “वर्षमा पाँच÷दश लाख आएर यति लामो नहर कसरी बन्ला ?”, शर्माले भन्नुभयोे, “धेरै वर्ष बजेटै पाइएन, प्रदेश सरकारले पठाएको रकमबाट काम गर्दैछौँ ।” गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २५ लाख, गत वर्ष रु ३५ लाख र चालु वर्ष रु १५ लाखमात्रै विनियोजन गरेकाले काम अगाडि बढ्न नसकेको हो ।

“चालु वर्ष कम्तीमा रु ५० लाख आएको भए कामले गति लिन्थ्यो”, पौडेलले भन्नुभयोे, “तर यो वर्ष पहिरो पन्छाउन पनि नसकिने भयो ।” वर्षात्मा खसेको पहिराले यहाँ ठूलो क्षति पुगेपछि पानी लगाउनै नपाएको उहाँले बताउनुभयो । बागलुङ नगरपालिका–१४ को कैया सिँचाइ आयोजनामा पनि निर्माणाधीन अवस्थामा कालीगण्डकी करिडोर खन्दा कुलो बगायो । कैयाको झण्डै ३०० रोपनी जमिनमा पानी लगाउने कुलो बग्दा किसानले हैरानी खेपे । दुई वर्षसम्म खेत रोप्नै नपाएका किसानले गत वर्षदेखि पाइप लगाएर पानी तानेका छन् । तर करिडोरबाट अझै पनि पहिरो खसेर पटक–पटक कुलो बगाउँदा सिँचाइमा समस्या भएको किसानको भनाइ छ ।

उनीहरुले खानेपानी तथा सिँचाइमन्त्री, सचिवलगायतलाई कुलो मर्मत गरेर नियमित पानी चलाउने बनाउन सहयोग गरिदिन आग्रह गरेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । “किसान मारमा छन्, मन्त्रालयले हेरिदिनुपर्छ”, उहाँले भन्नुभयो, “धेरै लामो कुलो छ, उपभोक्ताले सामान्य मर्मत गरिरहन्छन्, तर करिडोरकै कारण क्षति पुगेको स्थानमा भने लाखौँ लगानी चाहिन्छ ।” झण्डै रु ५० लाख नभए कुलो नियमित गर्न नसकिने उहाँले बताउनुभयो ।

जैमिनी नगरपालिकाको रितीपफेदी राउदी सिँचाइ आयोजना र बागलुङ नगरपालिकाको नारायणस्थान लिफ्ट सिँचाइ आयोजना त भौगोलिकरूपमा असम्भव भएपछि कामै थालिएको छैन । सङ्घीय सरकारको अनुदानमा निर्माण गर्न लागिएका १६ योजनामध्ये छवटा योजना असम्भव देखिएकाले गत वर्ष कामै थाल्न नपाएको डिभिजन सिँचाइ आयोजना कार्यालयका इञ्जीनिर शङ्कर बुढाथोकीको भनाइ छ ।

गत आवका लागि नारायणस्थान लिफ्ट सिँचाइ आयोजनाका लागि रु ५० लाख र रितीपफेदी राउदी सिँचाइ आयोजनाका लागि रु ४० लाख बजेट थियो । तर काम गर्न नसकेपछि उक्त बजेट भने फिर्ता भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले सानो बजेटले काम रोकिएका स्थानमा वर्षको अन्तिमसम्म पनि थप सम्बोधन गरेर काम सक्ने लक्ष्य राखेको बताउनुभयो । (रासस)

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki